लगानीको क्रान्ति रोल्पाबाटै शुरु हुन्छ :  मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन्।

 लिबाङमा बुधबार आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि, पर्यटन, जलविद्युत् र खानीको लागी राम्रो सम्भावनाको जिल्ला भएको हुँदा यी क्षेत्रमा लगानीका लागी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे। 


Advertisement

जिल्ला राजनीतिक केन्द्र भएर देशमै चिनिएको र अब विभिन्न उद्योग कलकारखानालगायत विकासको केन्द्रको रुपमा चिनाउनुपर्ने समय आएको बताए। 

सबै रोल्पाली कुनै न कुनै विधाको व्यवसायी बन्न आग्रह गरे। प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलगायत उपस्थिति थियो। 


Advertisement

रोल्पा नगरपालीकाको आयोजना, रोल्पा उद्योग वाणिज्य सङ्घ रोल्पाको सहआयोजना र जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा लगानी सम्मेलनको आयोजना गरिएको हो। जिल्लामा जलविद्युत्, कृषि, पर्यटन र खानीमा  स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलन  बिहीबारसम्म चल्नेछ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्