विश्वका यी पाँच देश, जोसँग छैन परमाणु बम

प्रतिकार्यात्मक तस्वीर।

पृथ्वीमा १३ हजारभन्दा बढी परमाणु बम छन्। तर, यी केही देशसँग मात्र छन्। महाशक्ति अमेरिका मात्र होइन छिमेकी भारतसँग पनि परमाणु बम छ।

तर, विश्वसमा यस्ता पनि देश छन्, जोसँग परमाणु बम छैन। गरीब देशहरु मात्र होइन आर्थिक विकासको दृष्टिले सम्पन्न रहेका देशले पनि परमाणु बम राखेका छैनन्। 


Advertisement

आज हामी त्यस्ता मुलुकबारे जानकारी दिनेछौँ। जाे आर्थिक रुपमा सम्पन्न छन् तर परमाणु बम छैन।

जर्मनी: जर्मनीलाई हिटलरको तानाशाही इतिहासलाई लिएर‍ जानिन्छ। तर, आर्थिक रुपमा सम्पन्न यो देशसँग परमाणु बम छैन। यद्यपि, जर्मनीसँग परमाणु ऊर्जा संयन्त्र भने छ। जर्मनी त्यस्ता महान वैज्ञानिकहरुको देश हो। अल्बर्ट आइन्स्टीन पनि जर्मनकै थिए। तर उनी पछि अमेरिका गएका थिए।  


Advertisement

जापान: दुई पटक परमाणु बमको सामना गरेको देशसँग पनि परमाणु बम छैन। दाेस्राे विश्व युद्धको समयमा अमेरिकाले जापानका दुई सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसाएको थियो।

जसमा लाखौँको ज्यान गएको थियो, भने देशको आर्थिक स्थिति डगमगाएको थियो। तर पनि जापान आज विश्वको सम्पन्न देशमध्ये पर्छ।

ईरान: प्राचीन समयमा फारस नामबाट चिनिने इस्लामिक देश ईरानसँग पनि परमाणु बम छैन। यद्यपि बेलाबेला चर्चा हुन्छ ईरान परमाणु हतियार बनाउँदैछ। तर त्यहाँका राष्ट्रपतिले बताएका थिए कि ईरानमा परमाणु हतियारको निर्माण हुँदैन।

स्विट्जरल्यान्ड: धर्तीको स्वर्ग भनिने स्विट्जरल्यान्डसँग पनि परमाणु बम छैन।

यो देश प्राकृतिक सौन्दर्यताका लागि विश्वभर परिचित छ। यहाँका मान्छेको जीवनस्तर विश्वका सबैभन्दा उच्च जीवनस्तरमध्ये पर्छ। स्विस घडी र  चकलेट विश्वभर प्रख्यात छ।

दक्षिण कोरिया: विश्वमा परमाणु हतियारका कारण चर्चामा रहिरहने उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियासँग पनि परमाणु बम छैन।   

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्