दिल्ली हिंसामा २३ जनाको मृत्यु

भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपमा एक प्रहरी अधिकृतसहित २३ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार हिंसामा २३ जनाको मृत्यु हुनुका साथै २ सय जना घाइते भएका छन् । 


Advertisement

जीटीबी अस्पतालले बुधवार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । 

अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी छन् । 


Advertisement

यसअघि सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सिख अंगरक्षकद्वारा हत्या गरिएपछि भएको हिंसामा ३ हजारभन्दा बढी सिखको हत्या भएको थियो । गोरखापत्र दैनिकमा खबर छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्