पानीले इँटामा १५ करोडको क्षति

तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ ।

यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका  कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।


Advertisement

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको  हो ।

वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उहाँले जानकारी दिए।


Advertisement

अहिलेको वर्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् ।
 

कमेन्ट गर्नुहोस्