चीनबाहिर व्यापक रूपमा फैलिँदै कोरोनाभाइरस

कोविड–१९ भनिने कोरोनाभाइरसको संक्रमण फैलिँदै जाँदा चीनबाहिर दैनिक केसको संख्या चीनभित्र भन्दा बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

बुधवार युरोपेली मुलुकहरू डेनमार्क र एस्टोनियामा पनि कोरोनाभाइरसका केसको पुष्टि भएको छ । यससँगै भाइरस लगभग ५० वटा देशमा पुगेको छ । अहिलेसम्म ३५ सय संक्रमण र कम्तीमा ५७ मृत्यु दर्ज भइसकेका छन् । 


Advertisement

भाइरस एन्टार्कटिका बाहेक सबै महादेशमा पुगिसकेको छ ।

दक्षिण कोरियामा कोरोनाका गम्भीर रोगीहरूलाई दाएगु शहर र उत्तरी ग्योङसाङ प्रान्तबाट राजधानी सउल सारिने सउलका मेयरले बताएका छन् । 


Advertisement

मुलुकको दक्षिणी भागमा रहेको दाएगुमा एक क्रिस्चियन समूहका मानिसमा कोरोनाभाइरस फैलिएको छ । कोरोनाका कारण अस्पतालमा बेडको अभाव भएको छ । 

दक्षिण कोरियामा कोरोनाका १५ सय ९५ केस छन् र १३ जनाको मृत्यु भइसकेको छ । यो संख्या लगातार बढिरहेको छ ।

उता इरानमा कोरोनाका १३९ केस र १९ मृत्युको खबर छ ।

कोरोनाले सर्वाधिक असर पारेका क्षेत्र यी हुन् :

अफ्रिका : अल्जेरिया, इजिप्ट दुवैमा एक एक केस
एसिया : चीन, ७८ हजार ४९७ केस, २७ सय ४४ मृत्यु
एसिया (चीन बाहिर) : दक्षिण कोरिया १५ सय ९५ केस, १३ मृत्यु
अस्ट्रेलेसिया : अस्ट्रेलिया, २२ केस
युरोप : इटली, ४०० केस, १२ मृत्यु
पश्चिम एसिया : इरान, १४० केस, १९ मृत्यु
उत्तर अमेरिका : अमेरिका, ६० केस
दक्षिण अमेरिका : ब्राजिल, १ केस

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्