दिल्ली हिंसामा मारिनेको संख्या ३४, छिटपुट हिंसा जारी

उत्तरपूर्वी दिल्लीमा चर्किएको हिंसामा मर्नेको संख्या ३४ पुगेको छ । हिंसाका घटनामा केही कमी आएको भए पनि छिटपुट हिंसा भइरहेको बताइएको छ । 

जाफराबाद, मौजपुर, चाँदबाग, गोकुलपुर तथा वरपरका क्षेत्रमा असहज शान्तिको अवस्था छ ।


Advertisement

हिंसाका क्रममा गरिएका आगजनी, लुटपाट र मृत्युमा अहिलेसम्म ४८ वटा उजुरी दर्ता गरिएको सोलिसिटर जनरल तुषार मेहताले बताएका छन् । 

दिल्ली प्रहरीको पक्षमा लड्ने सोलिसिटर जनरलले स्वविवेकले तीनवटा भाषणलाई घुणायुक्त भाषणका रूपमा लिएको तर यस्ता भाषणको संख्या धेरै रहेको बताए । 


Advertisement

दिल्ली प्रहरीका अनुसार, हिंसामा संलग्न रहेको आरोपमा १०६ जनालाई पक्राउ गरिएको छ र पक्राउ पर्ने सबै स्थानीय हुन् । सीसीटीभी फूटेजको आधारमा थप पक्राउ गरिने उसको भनाइ छ । बाहिरबाट आएका मानिसको भिडियो पनि पाइएको र उनीहरूको पहिचान हुँदै गरेको प्रहरीले बतायो । 

दिल्ली सामान्य अवस्थामा फर्किन थालेको रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्