कर नतिर्ने किताब व्यापारी समातिए 'ज्ञान पक्राउ पर्यो' नभन्नुस् - अर्थमन्त्री खतिवडा

फाइल तस्वीर

सञ्चार मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले नाफा हुने व्यापारमा राज्यले जसरी पनि कर लिने बताएका छन् ।

किताब बिक्रीमा कर लगाइएको भन्दै देशमा सरकारप्रति असन्तुष्टि बढेकाबेला खतिवडाले व्यापारमा कर लाग्नु नौलो कुरा नभएको बताएका हुन् ।


Advertisement

बिहीवार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा भने, 'धेरै मुलुकमा १८ प्रतिशत सम्म मूल्य अभिवृद्धि कर लिन्छन् ।'

उनले मुलुकमा अर्बौं रूपैयाँको लगानीमा प्रेस स्थापना गरिएको बताउँदै भने, 'उनीहरूले आयात गर्ने कागजमा पनि १५ प्रतिशत कर तिर्नुपर्छ, करै नतिरी आउने पुस्तकसँग उनीहरूले प्रतिस्पर्धा गरेका हुन्छन् । त्यसैले पुस्तकमा कर लगाउने भनिएको हो ।'


Advertisement

उनले पुस्तकको व्यापार हुने तर ज्ञानको व्यापार नहुने बताए । 'नाफा कमाउने हो भने कर लाग्छ । एउटा पुस्तक बेच्दा ३५/४० प्रतिशत कमिसन दिन मिल्ने तर १० प्रतिशत कर नतिर्ने भन्ने होइन,' उनले भने ।

कर नतिरेका किताबहरू समातिए भने 'ज्ञान पक्राउ' परेको भन्न नमिल्ने उनले बताए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्