मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कैलालीका कांग्रेस नेता राजसमझ चौधरी काठ व्यवसायी र वनकर्मचारीलाई निर्घात कुटपिट गरेको गरेकाे आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीका अनुसार काठ व्यवसायी मीनबहादुर घर्तीमगर र वनरक्षक बासु जैशीलाई कुटपिट गरेको आरोपमा नेता राजसमझसँगै स्थानीय देवसमझ चौधरी पनि पक्राउ परेका हुन्। नेता चौधरी कैलारी गाउँपालिकाका अध्यक्षमा चुनाव लडेका थिए।
जिल्ला प्रशासन कार्यालय कैलालीबाट ५ दिनको लागि म्याद थपपछि थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार काठ व्यवसायी घर्तिमगर बिहीबार कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा ६ स्थित सालमाछा सामुदायिक वन उपभोक्ता समूहले टेण्डर आह्वान गरेपछि ५ ट्रकमा काठ लोड गरी धनगढी ल्याउने क्रममा भित्तरिया गाउँमा कुटपिट भएको हो।
भित्तरियाका स्थानीय समेत रहेका चौधरीसहितको समूहले काठ तस्करी गरिरहेको भन्दै आफूहरुमाथि एक्कासी आक्रमण गरी निर्घात कुटपिट गरेको व्यवसायी घर्तिमगरले बताए। व्यवसायी घर्तिमगरले आफूले सामुदायिक वन उपभोक्ता समूहले टेण्डर आहवान गरेको र समिता ट्रेडर्स एण्ड सप्लायर्सको नाममा टेण्डर सदर भएपछि सबै कानुनी प्रक्रिया पूरा गरी काठ लोड गरी धनगढी ल्याउँदै गर्दा आफूहरुलाई तस्करीको आरोप लगाई कुटपिट गरेको जनाए। सबै कागजात देखाउँदा समेत नमानेको उनको भनाइ छ।
उनले भने, ‘एक महिना अघि टेण्डर सदर भएको थियो । त्यसपछि समूहलाई रोयलटी र राजश्व बुझाएर विहिबार पौने ६ बजे दरपीट भई सील भएपछि सामुदायिक वन उपभोक्ता समूहले चलानी दिएको थियो। काठ ल्याउने क्रममा भित्तरियामा राति भयो। रातीराती तस्करी गरेको आरोप लगाउँदै कुटपिट गरे । ट्रकको चाबी खोसे। प्रहरीलाई खबर भएपछि बल्ल ज्यान जोगियो ।’ कुटपिटबाट दुबै जनाको टाउकोमा चोट लागेको छ।
व्यवसायी घर्तीमगरले आफूसँग रहेको ३ लाख ५५ हजार नगद, भिभो कम्पनीको एउटा माेबाइल र एक थान साधारण मोबाइल गायब भएको बताएका छन्। राजसमझ चौधरी र देवसमझ चौधरीविरुद्ध व्यवसायी घर्तिमगरले जिल्ला प्रहरी कार्यालय कैलालीमा कुटपिट र चोरी आरोपमा मुद्दा दर्ता गरेका छन्।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...