फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
फागुन १६, २०७६
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् । पार्टी निर्णयअनुसार गौतमलाई मनोनीत नगरिए दुर्घटना निम्तिने नेता नेपालको चेतावनीयुक्त सुझाब छ ।
बुधबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा नेता गौतमलाई लैजाने सर्वसम्मत निर्णय गरेको थियो । तर, त्यसको केहीबेरमै प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिँदै गौतमलाई सिफारिस नगरेर खतिवडालाई नै निरन्तरता दिने सन्देश नेताहरूलाई दिएका थिए । त्यसलगत्तै उनले नेता नेपालसँग करिब दुई घन्टा छुट्टै छलफल गरेका थिए ।
गौतमलाई मनोनीत नगरे पार्टीभित्र अराजकता संस्थागत हुने र त्यसले दुर्घटना निम्त्याउने भन्दै नेता नेपालले तत्कालका लागि निर्णय कार्यान्वयनमा लैजान ओलीलाई सुझाब दिएका थिए । ‘तपाईंका असहमति थिए भने विधिका हिसाबले बैठकभित्रै राख्नुपथ्र्यो, बैठक सकिएपछि मान्दिनँ भन्ने कुराले राम्रो सन्देश गएन, त्यसैले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्नुबाहेक तपाईंसामु अब अर्को कुनै विकल्प छैन,’ नेपालले ओलीलाई दिएको सुझाब उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई वामदेव कमरेडलाई सिफारिस गरेर पार्टी निर्णय कार्यान्वयन गर्नुस्, युवराज खतिवडाका सन्दर्भमा पछि सोच्ने गरी निष्कर्षमा पुग्न सकिन्छ ।’
२१ फागुनपछि खतिवडाको सांसद पद रिक्त भए पनि संविधानअनुसार ६ महिनासम्म मन्त्रीमा निरन्तरता दिन सकिने भएकाले उनको विषयमा आवश्यकताअनुसार पार्टीले पछि निर्णय गर्न सक्ने नेपालको भनाइ थियो । ‘उहाँलाई पुनर्नियुक्ति गर्न पनि सकिन्छ वा ६ महिनाको बीचमा सांसद बनाउने कि नबनाउने विषयमा विकल्प सोच्न सकिन्छ, तर अहिले अध्यक्षले नै पार्टी निर्णय उल्लंघन गर्नुभयो भने त्यसले पार्टीमा दुर्घटना निम्त्याउन सक्छ,’ नेता नेपालको सुझाब थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले भने लामो पृष्ठभूमि बाँध्दै सरकारविरुद्ध संगठित रूपमै षड्यन्त्र भइरहेको र गौतमलाई नियोजित रूपमा अघि सारेर खतिवडालाई अर्थमन्त्रीबाट हटाउन खोजिएको भन्दै पार्टी निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका थिए । आफ्नो निर्णयबाट ‘ब्याक’ नहट्ने बताउँदै उनले केही नेताहरूले नियोजित रूपमै संकट निम्त्याउन खोजेकाले साथ दिन नेता नेपाललाई आग्रहसमेत गरे ।
गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने पार्टीको सैद्धान्तिक निर्णय भए पनि कहिले गर्ने स्पष्ट नभएकाले तत्काल कार्यान्वयन जरुरी नभएको ओलीको जिकिर छ । मन्त्रिपरिषद्ले सिफारिस गर्ने भएकाले पार्टी निर्णय कार्यान्वयन गर्न आफू बाध्य नहुने उनले बताएका थिए ।
प्रधानमन्त्रीले पार्टी निर्णयलाई चुनौती दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट छन् । बिहीबार आयोजित पार्टीको बागमती प्रदेशको भेलामा उनले भ्रष्टाचार, दम्भ, अहंकार र आत्मकेन्द्रित चिन्तनका कारण विश्वका कतिपय मुलुकमा कम्युनिस्ट आन्दोलन धराशयी भएको बताए ।
‘विश्व अनुभवबाट हामीले सिक्नुपर्छ, सत्तामा गएपछि कम्युनिस्ट पार्टी भ्रष्टाचारमा लिप्त हुने, अहंकार, पदलोलुप र आत्मकेन्द्रित हुने हुँदा समस्या पैदा भएको छ । यो अनुभवलाई हाम्रो पार्टीले पनि गम्भीरतापूर्वक लिनुपर्छ र लिँदै छ । हामी दुवै अध्यक्षले पनि यसमा लगातार छलफल र समीक्षा गरेका छौँ,’ प्रचण्डले भने, ‘धेरैको रगत–पसिना, करोडौँ जनताको आशा र भरोसासँग जोडिएको यो पार्टीलाई कुनै पनि हालतमा विघटन र विभाजन हुन दिइने छैन ।’ प्रचण्डले पार्टीभित्र विगतमा पनि विवाद हुने र नेतृत्वले नै समस्या समाधान गर्दै आएकाले नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।
बिहीबारको पार्टी भेलामा नेता नेपालले पार्टीभित्रको पछिल्लो विवाद समाधानको उपायमा केन्द्रित रहेर छलफल भइरहेको संकेत गरे । ‘हामी ७० वर्षको लामो यात्रा पार गरेर, धेरै नोक्सानी व्यहोर्दै, उपलब्धि हासिल गर्दै आएका छौँ, त्यसैले अहिलेको समस्या देखेर नआत्तिनुहोला, समस्यासँगै समाधानको उपाय पनि हुन्छ, किनभने दशकौँको यात्रा पार गरेर हामी यहाँ आइपुगेका हौँ,’ उनको भनाइ थियो ।
२१ गते शपथमा भेटाैंला
अर्थमन्त्री डा. युवराज खतिवडाले भने आफू राष्ट्रिय सभामा दोहरिने दाबी गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चारमन्त्रीको हैसियतमा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले २१ फागुनमा फेरि सपथ गर्ने बताए । ‘२१ गते सपथको कार्यक्रम तोकिएको छ । त्यो दिन तपाईंहरूसँग त्यहीँ भेट हुन्छ’, उनको भनाइ थियो । उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुनमा सकिदैछ । नयाँ पत्रिकामा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...