फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
फागुन १६, २०७६
सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ । १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्याएपछि पेट्रोलमा सरकारले लिने कर मात्रै प्रतिलिटर ४४ रुपैयाँ ४८ पैसा पुगेको छ । यो पेट्रोलको पछिल्लो खरिद मूल्य ५१ रुपैयाँ ८४ पैसाको ८६ प्रतिशत हो ।
उपभोक्ता मूल्यमा असर नपर्ने गरी पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर लगाएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । तर, उपभोग्य वस्तुमा सरकारले उठाउने अप्रत्यक्ष कर उपभोक्ताले नै तिर्ने हो । यसअघि नै आर्थिक वर्ष ०७२/७३ को बजेटमा बुढिगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न भन्दै सरकारले पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले कर लिँदै आएको थियो । त्यो कर पनि उपभोक्ताको मूल्यमा कुनै असर नपर्ने गरी लिने भन्ने घोषणा थियो । तर, अहिले आयल निगमले पेट्रोलियमको मूल्यमा सो कर थपेर उपभोक्ताबाट असुल्दै आएको छ ।
सरकारले हालै गरेको करवृद्धिपछि तत्कालै पेट्रोलियमको भाउ नबढाउने, तर आगामी दिनमा मूल्य समायोजन गर्दा यो कर जोड्दै जाने रणनीति अँगालिएको आयल निगम स्रोतले नयाँ पत्रिकालाई बतायो । ‘हाललाई निगमकै नाफा अलि कम गरी सरकारलाई कर बुझाउँछौँ,’ निगमका एक अधिकारीले भने, ‘प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आउँदैपिच्छे १–२ रुपैयाँका दरले थप गरिएको करलाई उपभोक्ता मूल्यमा जोड्दै जान्छौँ ।’
यसअघि बुढिगण्डकी आयोजना सरकार आफैँले बनाउने भनी आर्थिक ऐनमार्फत नै पाँच रुपैयाँ प्रतिलिटरका दरले इन्धनमा पूर्वाधार विकास कर उठाउने व्यवस्था गरिएको थियो । तर, अहिले आर्थिक ऐनको दफा १८ अनुसार भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरी तजबिजी रूपमा करको दर बढाइएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबारबाटै लागू हुने गरी तीनवटै पेट्रोलियममा थप पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १० रुपैयाँका दरले कर उठाउन थालिएको नेपाल आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘हामीले बिहीबारबाट पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा प्रतिलिटर १० रुपैयाँका दरले पूर्वाधार कर तिर्न सुरु गरेका छौँ,’ उनले भने । प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर हुँदा मासिक एक अर्ब रुपैयाँ उठ्ने गरेको थियो । तर, अब मासिक दुई अर्ब रुपैयाँ पूर्वाधार कर शीर्षकमा उठ्ने उनले बताए । यो करको भार उपभोक्तामा पर्नेछ ।
आयल निगमका अनुसार बुढिगण्डकीका लागि हालसम्म ४१ अर्ब रुपैयाँ कर उठिसकेको छ । उपभोक्ताबाट यति ठूलो रकम उठाइरहे पनि आयोजना निर्माण सुरु हुन सकेको छैन । सरकारले बुढिगण्डकी बनाउन भनेर उठाएको ४१ अर्ब रुपैयाँबाट पौने तीन सय मेगावाटको छुट्टै आयोजना बन्छ । तर, बुढिगण्डकी बनाउने भनी जनतालाई ढाँटेर उठाइएको कर रकम सरकारको राजस्वमा जम्मा गरी अन्यत्रै खर्च गरिरहेको छ ।
लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि सरकारले पेट्रोलियम पदार्थमा उपभोक्ताको ढाड सेक्ने नीति लिएको हो । चालू आर्थिक वर्षको साढे आठ महिना सकिँदा सरकारले लक्ष्यको ४६ दशमलव २५ प्रतिशत अर्थात् पाँच खर्ब १४ अर्ब मात्रै राजस्व संकलन गरेको छ । चालू आवमा कुल ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ ।
पेट्रोलियम पदार्थमा कर बढाउँदा ढुवानी, उत्पादन तथा निर्माण क्षेत्रको लागत बढी समग्र अर्थतन्त्रमै मूल्यवृद्धि गराउँछ । तर, राजस्वको लक्ष्य पूर्ति गर्ने उद्देश्य पूर्ति गर्न उपभोक्ताको शोषण गर्ने मात्रै होइन, सरकारले समग्र अर्थतन्त्रलाई महँगो बनाउने अदूरदर्शी निर्णय लिएको हो । ‘राजस्वको लक्ष्य पूर्ति गर्न यस्तो कदम उठाइएको हो भने त्यो गम्भीर गल्ती हो,’ अर्थशास्त्री प्रा.डा. अच्युत वाग्लेले बताए ।
आयल निगमले गत वर्ष एक खर्ब ९२ अर्ब रुपैयाँको इन्धन आयात गर्दा ६५ अर्ब रुपैयाँ राजस्व भुक्तानी गरेको थियो । त्यसमध्ये तीन अर्ब आयकर, १२ अर्ब पूर्वाधार कर थियो । बाँकी भन्सार बिन्दुमा बुझाइएको थियो । आयल निगमले सबै प्रकारका कर जोडेर प्रतिलिटर पेट्रोलमा ३९.४८ रुपैयाँ, डिजेलमा २२.९० रुपैयाँ र हवाई इन्धनमा १९.१९ रुपैयाँ कर तिर्दै आएको थियो । पूर्वाधार विकास करमा पाँच रुपैयाँ थप भएपछि पेट्रोलमा ४४.४८ रुपैयाँ, डिजेलमा २७.९० रुपैयाँ र हवाई इन्धनमा २४.१९ रुपैयाँ प्रतिलिटर कर सरकारले उठाउन थालेको हो ।
भारतमा भन्दा नेपालमा इन्धन सस्तो भएपछि कर थपिएको हो : उत्तरकुमार खत्री
प्रवक्ता, अर्थ मन्त्रालय
भारतमा भन्दा नेपालमा पेट्रोलियमको मूल्य सस्तो भएका कारण पूर्वाधार विकास करको दर बढाइएको हो । नेपालमा इन्धनको मूल्य सस्तो भएपछि यहाँबाट तस्करी भएर भारततर्फ जाने गरेको छ । त्यो नियन्त्रणका लागि यस्तो निर्णय लिइएको हो । तर, बढेको करको भार उपभोक्तालाई पर्दैन भन्ने जानकारी मलाई छ । पहिले बुढिगण्डकी आयोजनाका लागि भनेर पूर्वाधार विकास कर लिए पनि अहिले भने त्यसरी आयोजना तोकिएको छैन । सरकारले उठाएको कर राजस्व खातामा आउँछ र प्राथमिकताअनुसार खर्च हुन्छ । राजस्वको लक्ष्य नपुगेकाले करको दरमा वृद्धि गरिएको भन्ने साँचो होइन ।
राजस्वको लक्ष्य पूरा गर्न जथाभावी करको दर बढाउनु गलत : प्रा.डा. अच्युत वाग्ले
अर्थशास्त्री
सरकारले आवश्यकताअनुसार कर उठाउने पाउने भयो । तर, जुन प्रयोजनका लागि भनेर कर उठाउने हो, त्यसैमा खर्च हुनुपर्छ । बुढिगण्डकी आयोजना आफैँले बनाउने भनेर सरकारले यसअघि नै पेट्रोलियममा प्रतिलिटर पाँच रुपैयाँ कर उठाइरहेको छ । तर, आयोजनामा उपयोग भएको छैन । अर्कातिर, करको दर बढाउनेजस्तो गम्भीर विषय बजेटमार्फत नै आउनुपर्छ, संसद्ले पारित गरेर मात्रै कार्यान्वयन हुनुपर्छ । सरकारले राजस्वको लक्ष्य पूरा गर्न सकेन भनेर जथाभावी करको दर बढाइनु गलत हो । नयाँ पत्रिकामा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...