×

NMB BANK
NIC ASIA

भक्तपुर नगरपालिकामा ‘ख्वपको पहिचान’ पाठ्यपुस्तक प्रकाशन

फागुन १६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ ।

Muktinath Bank

नगरपालिकाले कक्षा १, २, ६ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरेर यहाँका सबै विद्यालयमा यसअघि लागू गरिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर प्रमुख सुनिल प्रजापतिले थप पाठ्यक्रम निर्माणमा विज्ञसँगको परामर्श लिएर तयारी गरेको जानकारी दिए । भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासबारे नयाँपुस्तालाई जानकारी गराउन नगरपालिकाले शैक्षिक वर्ष २०७५ देखि ४ वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरिसकेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

स्थानीय पाठ्यक्रम लागू गर्ने यो पहिलो नगरपालिका भएको दाबी गरिएको छ । नगर प्रमुख प्रजापतिले नपाद्वारा गठित स्थानीय पाठ्यक्रम तयारी कार्यदल र विज्ञहरूको सल्लाहअनुरुप पाठ्यसामग्री समेटिइ सो पुस्तक प्रकाशनमा ल्याउन लागेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

स्थानीय पाठ्यक्रम तयार कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले लागू भएका पाठ्यक्रम प्रभावकारी भएको र अब थप हुने कक्षाका पाठ्यक्रम तथा प्रकाशित हुने पाठ्यपुस्तकमा विज्ञको सुझावलाई समेटेर अगाडि बढ्ने जानकारी दिए । स्थानीय पाठ्यक्रम तयार कार्यदल सदस्य सिद्धिरत्न शाक्य, रोशनराज तुइतुई लगायतले जिल्लावासीले आफू जन्मेहुर्केको ठाउँ र संस्कृतिकबारे ज्ञान बाँड्न पाठ्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

नगरपालिकाले विद्यालयमा लिपि र भाषाका कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई मौलिक संस्कारबारे अडियो–भिडियोसहितको डकुमेन्ट्री देखाई सिक्ने अवसर दिनुपर्ने, समाजप्रति उत्तरदायी बनाउने ढंगले यहाँका संस्कृतिको महत्वबारे प्रष्ट पार्नुपर्ने, स्थानीय खेल खेल्न प्रेरित गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको उपलब्धि र प्रभावकारिताबारे अनुगमन गर्नुपर्ने सुझाव आएको जनाएको छ । 

अनुसन्धानमा आधारित ज्ञान र सीप दिनुपर्ने, शिलापत्र–ताम्रपत्र आदिको ज्ञान दिने ढंगले शिक्षित गर्नुपर्ने, स्थान विशेष शब्दबारे थाहा दिनुपर्ने, भाषागत शुद्धाशुद्धीमा ध्यान दिनुपर्ने लगायतका सुझाव आएकाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x