फूटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।

प्रतियोगितामा ९ लाख ८८ हजार ५३२ आम्दानी भइ र सञ्चालन खर्च कटाएर १७ हजार २१५ रुपैयाँ बचत भएको कार्यक्रम संयोजक राजेन्द्र गौतमले जानकारी दिए ।


Advertisement

प्रतियोगिताबाट बचत भएकाको १० प्रतिशत मिर्गौला पीडित हरिलाल परियारलाई सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिताका विजेतालाई १ लाख ५५ हजार ५५५, उपविजेतालाई ७७ हजार ७७७ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद’ भन्ने नाराका साथ गत माघ १ गतेदेखि ६ गतेसम्म प्रतियोगिता सम्पन्न भएकोे थियो । माछापुच्छ्रे गाउँपालिका–४ का अध्यक्ष पूर्णबहादुर शाहीले गाउँपालिकामा स्तरीय खेलमैदान बनाउनुपर्ने आवश्यकता औंल्याए ।


Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीले दक्ष खेलाडी तयार गर्ने गरी क्रियाशील बन्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्