दिल्लीमा रोकियो दंगा : नालीबाट निस्कँदैछन् लाश

दिल्लीमा भएको दंगा रोकिएपछि मानिसहरू नालीतिर जान डराइरहेका छन् । इन्टेलिजेन्स ब्यूरोका एक कर्मचारी अंकित शर्माको शव फेला परेपछि बिहीवार गोकुलपुरीको गंगा विहार जंक्सन नजिक नालीबाट थप दुई शव फेला परेका छन् । 

नालीमा शव फेदा परेको खबर तीव्र गतिमा फैलिरहेको छ । प्रहरीले शवको खोजीमा बन्द नालीहरू उघारिरहेको छ । 


Advertisement

दिल्ली हिंसामा अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । 

सिँचाइ तथा बाढी नियन्त्रण विभागका कर्मचारी अनिल त्यागीले बिहीवार नालीमा एक शव तैरिरहेको भेटेको बताए । 


Advertisement

निगम कर्मचारी र प्रहरीले शवहरूको खोजी गरिरहेका छन् । 

चाँदबागको नालीमा मुशर्रफ नामक व्यक्तिको शव भेटिएको थियो । मृतककी बहिनी फरहीनले भनिन्, ‘हामीहरू सबै ठाउँमा गयौं तर फेला पारेनौं । एकजना परिचितले हामीलाई मुशर्रफको शरीर नालीमा फ्याँकिएको बताए । नालीमा नभेटेपछि हामी बिहीवार बिहान जीबीटी अस्पताल गयौं । त्यहाँ हामीले उसको शव फेला पार्‍यौं ।’

मोहशीन नामक व्यक्तिको शव भजनपुराको नालीमा भेटिएको थियो । मोहसीनका काका वारिस अली खानले भने, ‘मंगलवार साँझ ५ बजे ऊ भजनपुरा गएको थियो । भीडले उसको कार घेर्‍यो र प्यान्ट उतार्न भन्यो । त्यसक्रममा उसले साथीलाई फोन गर्‍यो । तर उसलाई बचाइनुअघि नै मानिसहरूले मारेर नालीमा फ्याँकिदिए ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्