×

NMB BANK
NIC ASIA

बाघ हेर्ने मन छ ? बाँके निकुञ्ज आउनुहोला

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरैबेर हिँड्नै पर्दैन, बाघ देखिन्छन् ।

Muktinath Bank

निकुञ्जको जीप सफारीमा जाने टोलीले १ घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । 


Advertisment
Nabil box
Kumari

भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

Vianet communication
Laxmi Bank

निकुञ्जको जलसेनी र परुवाखोलाबीचको जंगलपथमै बाघ देखिन्छ । ‘जंगलपथमै बाघ देखिएपछि पर्यटकहरू खुशी भएका छन्,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, ‘बाघ हेर्नका लागि धेरै मेहनत गर्नुपर्दैन ।’

गाभरबाट प्रवेश गर्ने टोली बाघ हेरेर ओभरी हुँदै निस्कने गरेको गाभर भ्यालीका नेचर गार्ड कलबहादुर चौधरीले बताए ।

‘बाघ देखिँदा आनन्द महसूस हुने गरेको छ,’ गाभर भ्याली घरवास (होमस्टे)का सञ्चालक कृष्ण चौधरीले भने, ‘निकुञ्ज छिरेको केहीबेरमै बाघ देखिएपछि पर्यटकहरू खुशी हुन्छन् ।’

बाँके राष्ट्रिय निकुञ्जले बर्दिया, सल्यान र दाङको सीमा छोएको छ । निकुञ्जमा आहाराजन्य जनावरको उल्लेख्य वृद्धि र दुर्लभ वन्यजन्तु चौकासमेत रहेको चौधरीले बताए ।

निकुञ्जमा सहजै बाघ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । कैलाश मानसरोवर, रारा, स्वार्गद्वारीसम्म जाने पर्यटक नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्जमा बास बस्ने गरेका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जको बाघ देखाउन लैजाने वातावरण बनाउन सकेमा यहाँको पर्यटन व्यापार बढ्ने जानकार बताउँछन् । 

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यहीँ निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकास भइरहेको छ । २ वर्षअघि निकुञ्जमा जम्मा ४ जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्यांकले जनाएको छ । तीमध्ये १४८ आन्तरिक , ११ सार्क मुलुकका र १ विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए ।

निकुञ्ज घोषणा भएको ८ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको संख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेशविन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनले जानकारी दिए । ‘बाँके निकुञ्ज पर्यटकको ट्रान्जिट हुँदैछ,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘कम खर्च र छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।’

पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको संख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरी बताउँछन् । ‘यहाँ ससाना चुरे शृंखला छन्,’ उनले भने, ‘दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।’ आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि ३ निजी थारू घरवास र १७ घरमा सामुदायिक घरवास सञ्चालित छन् ।

गाभर घरवासले गर्दा पनि निकुञ्जमा पर्यटक बढिरहेका छन् । बिदाको दिन गाभर घरवासमा जाने र निकुञ्ज घुम्नेको संख्या बढिरहेको छ । निकुञ्जमा आउने पर्यटकलाई नै मध्यनजर गरेर आसपासमा ठूल्ठूला होटल र घरवास बनिरहेका छन् ।

सरकारले बाघको संख्या दोब्बर बनाउने रणनीति अनुसार बाँके निकुञ्जमा सोचेजस्तै प्रगति भइरहेको निकुञ्जले जनाएको छ ।

बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा बाघसँगै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ । बाघका आहारा प्रजातिको संख्या उल्लेख्य रहेको छ । निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको संख्या बढेको निकुञ्जले जनाएको छ । पर्यटकको आकर्षण बढाउन बिभिन्न गतिविधि हुँदै आएका छन् ।

निकुञ्जमा आइपुगे ‘सौराहगज’ र ‘चमचमकली’

पछिल्लो समय निकुञ्जमा २ हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ‘सौराहगज’ र ‘चमचमकली’ नाम गरेका दुई हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए ।

यसअघि निकुञ्जमा ४ हात्ती थिए । नयाँ थपिएसँगै अब हात्तीको संख्या ६ पुगेको छ । उनका अनुसार निकुञ्जमा पर्यटकलाई हात्ती सफारी गर्नेदेखि गस्तीमा समेत सहजता हुनेछ । प्रदेश नम्बर ५ मा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट शुरूआत गरिएपछि पर्यटकको आकर्षण बढिरहेको उनले बताए । – काशीराम शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x