×

NMB BANK
NIC ASIA

विकासमा बेथिति

निर्माण नसकिँदै भत्कियो ‘सिक्स लेन’ सडक : कतै उबडखाबड, कतै खाल्डा

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निर्माणमा भएको लापरवाहीले मोफसलकै पहिलो बुटवल बेलहिया (सुनौली) ‘सिक्स लेन’ सडक पूरा नहुँदै बिग्रिसकेको छ ।

Muktinath Bank

लापरवाही र कमसल सामग्रीको प्रयोगले उद्घाटन नहुँदै सडक भासिएको छ । बुटवल बजार क्षेत्रको ट्राफिक चोकदेखि हस्पिटल लाइनसम्मको उबडखाबड सडकमा यात्रा गर्ने यात्रुलाई सास्ती भइरहेको छ । सडक छेउमा लगाइएका फलामका रेलिङ पनि भाँचिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतै डिभाइडर फुटेका छन्, जसले गर्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ तर सडक डिभिजन कार्यालय बुटवलले बिग्रिएको सडकको मर्मत र निर्माण गर्ने ठेकेदार कम्पनीलाई कारवाही गरेको छैन । हालै बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक डिभिजन कार्यालय बुटवललाई सडक हस्तान्तरण गरेको छ ।


Advertisment
Nabil box
Kumari

भैरहवाको रणअम्बिका आँखा अस्पतालदेखि राष्ट्र बैंक चोकसम्मको सडकखण्ड उद्घाटन नहुँदै जीर्ण अवस्थामा पुगेको छ । बुटवलको ट्राफिकचोक, पुष्पलाल पार्क, हस्पिटल लाइन लगायतका क्षेत्रमा सडक उबडखाबड बनेको छ । 

Vianet communication
Laxmi Bank

सडक हेर्ने जिम्मा हालै सडक डिभिजन कार्यालय बुटवल लिएको छ । डिभिजन कार्यालय कमसल सामग्रीको प्रयोगका कारण नभइ ओभरलोडका कारण सडक खण्ड बिग्रिएको दाबी गर्छ । डिभिजन कार्यालय प्रमुख मेघराज मरासिनीले भारतबाट आउने मालबाहक ओभरलोडका गाडीले सडक बिग्रिएको बताउँछन् ।

उनले लोकान्तरसँग भने, ‘बेलहियाबाट छिरेका मालबाहक ट्रक देब्रेपट्टिको सडक दबेको देखिन्छ । बिटुमिनको कारण पनि यस्तो भएको हुन सक्छ तर यो सडक बिग्रिएको ओभरलोडका गाडीकै कारण भएको हो,’ उनले थपे, ‘ल्याबटेस्ट गरी निर्माण गरिएको हो बिग्रिएको सडक मर्मत गर्छाैं । यसलाई धेरै बिग्रिन दिँदैनौं ।’ २७ किलोमिटर सडक आर्थिक वर्ष २०६८/०६९ मा निर्माण शुरू गरिएको थियो । अझै यो सडक करीब ३ किलोमिटर बन्न बाँकी छ । 

इन्जिनीयर जयलाल मरासिनीले डिजाइनमा कमजोरी भएपनि छोटो समयमै सडक संरचना भासिने समस्या पनि आउने बताए । ‘यस्ता ठूला सडकहरू बेस नपुगेर पनि टुट्न सक्छ । यी सडक १० वर्ष टिक्नुपर्ने हो । सडक निर्माणमा विशेष ध्यान आवश्यक हुन्छ ।’ 

सडकको मिडियममा पीसीजी नगरिएकाले पनि भासिन सक्ने सम्भावना रहेको सडक क्षेत्रका जानकार पनि बताउँछन् । बुटवल–भैरहवा यात्रा गर्ने यात्रु संगम पौडेलले धेरै ठाउँमा नमूना सडक बिग्रिँदा यात्रुलाई झन्झटसँगै दुर्घटनाको जोखिम पनि थपिएको बताए । ‘सडकमा यात्रा गर्दा भोटेकोशीमा र्‍याफ्टिङ गरेजस्तो हुन्छ,’ उनले भने । स–सानो क्षेत्रमा मर्मतसम्भार गर्दा पनि ठेकेदारमार्फत गराउनुपर्ने तर ठेकेदार स–सानो काममा नलाग्ने भएकाले पनि समस्या थपिएको कार्यालयको भनाइ छ ।

बुटवल चौराहादेखि गोलपार्कसम्म उबडखाबड सडकलाई उप्काएर बनाउने र दबेको ठाउँमा त्यसमाथिबाटै पुनः कालोपत्रे गर्ने कार्यालयको योजना बनाएको छ । दुर्घटनाले क्षति पुर्‍याउनेलाई समातेर निर्माण गराउन जवाफदेही समेत बनाउने कार्यालयले बताउँदै आएको छ ।

बुटवल–बेलहिया सडक विस्तार आयोजनाका पूर्व इन्जिनीयर लिलाबहादुर भण्डारीले भन्सार कार्यालयले ओभरलोडका गाडीलाई रोक्न नसक्दा नयाँ सडक बिग्रिएको बताए । ‘बुटवल–बेलहिया सडकको भारबहन क्षमता १०.२ (एक्सएल) अथवा १० हजार २०० किलोग्राम हो । यो सडकको मात्रै हैन । संसारभरका हाइवे सडकको भारबहन क्षमता यहीँ हुन्छ । ती देशमा बढी लोड बोक्ने गाडी चल्न पाउँदैनन् । यहाँ भन्सारबाट पास भएपछि अरुले रोक्न मिल्दैन,’ भण्डारीले लोकान्तरसँग भने, ‘२० प्रतिशत भारबहन क्षमता बढी भएका सडकले ५० प्रतिशत सडक बिगार्छ । शुरूमा डिजाइन गर्दा पनि यो सडकको कमजोरी पनि भएको छ ।’ भारतबाट नेपाल आउने ८० प्रतिशतभन्दा बढी गाडी भारबहन क्षमताभन्दा बढी हुने ट्रक व्यवसायी बताउँछन् ।

सडकको लागत करीब ६ अर्ब रुपैयाँ पुगेको छ । आयोजनाको कार्यक्षेत्र २४ किलोमिटर भएकोमा २०७२ चैत १७ गतेको विभागीय निर्णयअनुसार आयोजनाको कार्यक्षेत्र बुटवलको चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३.५ किलोमिटर थप भई २७.५० किलोमिटर कायम भएको छ । जसमध्ये २३.२५ किलोमिटर सडक सम्पन्न भइसकेको छ । ४ लेनको बुटवल बजार क्षेत्रको सडक ४ वर्षदेखि ६ लेनमा विस्तार गर्ने योजना घरधनीले अदालतमा मुद्दा दायर गर्दा रोकिएको छ । बुटवलका ३ सयभन्दा बढी घर भत्काउनुपर्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x