घाँस काट्न गएका किशोरलाई खाइदियो सिंहले

पाकिस्तानको लाहौर स्थित सफारी पार्कमा घाँस काट्न गएका एक किशोरलाई सिंहले मारेर खाएको छ । 

मर्ने किशोरको नाम बिलाल हो । उनी पार्क नजिकैको बस्तीमा बस्थे ।


Advertisement

बिलालका भाइ जुल्फिकरले पाकिस्तानी पत्रिका एक्सप्रेस न्युजलाई बताएअनुसार, बिलाल दुई दिनअघि घाँस काट्न घरबाट गएका थिए । त्यसपछि उनी फर्केनन् । 

दुई दिन बिलालको खोजीपछि जुल्फिकरले पार्कका अधिकारीले सिंहको खोरमा जाँच गर्न अनुरोध गरे । 


Advertisement

अधिकारीहरूले खोरमा हेर्दा बिलालका हाड, खोपडी, कपडा र घाँस काट्ने हँसिया फेला पारे । घटनास्थलमा मृतक बिलालको सामान फेला परेपछि उनी मरिसकेको पत्ता लाग्यो । 

पार्कका उपनिर्देशक चौधरी शफक अलीले पैदलै पार्कमा आउन सम्भव नरहेको बताए । घुम्न आउनेहरूका लागि निश्चित ठाउँ र वाहन छन् । बिलाल कुनै जंगलबाट पसेको र सिंहको शिकार बनेको हुनसक्ने उनले बताए । घटनाको जाँच भइरहेको उनको भनाइ छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्