प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
राई आफ्नो पति भएको दाबी गर्दै बालिका खड्का राई नाम गरेकी महिलाले शुक्रवार काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी हुन् ।
राईले आफूसँग बिहे गरेको दाबी गरेकी उनले घरेलु हिंसाको आरोप समेत लगाएकी छन् ।
हिंसा गरेकोमा विपक्षी (शेरधन राई) लाई कारवाही र कानूनबमोजिम आफूले अंश पाउनुपर्ने उनको माग दाबी छ ।
लोकान्तर संवाददाता