भुवन केसीका छोरा अनमोलविरुद्ध ठगीको उजुरी

चर्चित नायक भुवन केसीका छोरा अनमोल केसीमाथि ठगी आरोपमा उजुरी परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध पैसा लिएर पनि फिल्म नखेलेको भन्दै उजुरी परेको परिसर स्रोतले लोकान्तरलाई बतायो ।


Advertisement

उजुरीमा उल्लेख भएअनुसार जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुने भनिएको एक चलचित्रमा खेल्ने सहमति गरेर केसीले ५ लाख एडभान्स लिएका थिए । तर पछि उनी चलचित्रको सुटिङ गर्न गएनन् ।

उनीमाथि फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले शुक्रवार उजुरी दिएका हुन् । उजुरीमा आफूलाई हानी नोक्सानी पुर्याएको भन्दै क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्