जँड्याहा चोर जो चोर्दाचोर्दै निदायो, भोलिपल्ट घरमालिकले उठाए

भारतको मंगलुरुमा एक चोर रक्सीले चुर भएर अर्काको घरमा चोरी गर्न जाँदा घरैभित्र सुतेको छ । सुतेर बिहान उठ्दा घरमालिक उसको अघिल्तिर उभिएको थियो । 

रक्सीको नशामा चुर चोर एक व्यापारीको घरमा चोर्न पुग्यो । छतको टाइल झिकेर ऊ घरमा पस्यो तर त्यहीँ सुत्यो । दराजको साँचो उसको हातमा थियो । बिहान उठ्दा उसका लागि घरमालिक उभिरहेका थिए । 


Advertisement

व्यापारीले उसलाई समातेर प्रहरीकहाँ बुझाए । प्रहरीले उसमाथि चोरीको कोशिशको उजुरी दर्ता गरेको छ । 

प्रहरीका अनुसार, बिहारको माजीपुरका अनिल साहनी रक्सीको नशामा सुदर्शन नामक व्यापारीको घर पस्यो । प्रहरीले भन्यो, ‘ऊ कम्पाउन्डको पर्खालमा चढ्यो अनि घरको छतको टाइल निकालेर भित्र पस्यो । घरमा सबैजना सुतिरहेका थिए । सहानीले भित्र गएर सामान खोज्यो र दराजको साँचो झिक्यो । तर अत्यधिक नशामा भएका कारण ऊ त्यहीँ घुप्लुक्क सुत्यो । भोलिपल्ट घरमालिकले उसलाई उठाए ।’


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्