हिउँपहिरोमा बेपत्ता सरोजको शव भेटियो

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

file photo

अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा अघिल्लो महिना हिउँपहिरो खस्दा बेपत्ता ७ जनामध्ये एकजनाको शव भेटिएको छ । ट्रेकिङ गाइड सरोज परियारको शव भेटिएको हो ।

उनले चिनियाँ टोली लिएर गएका थिए । सरोजका दाजु र आफन्तले उद्धार सामग्र्रीसहित निरन्तर खोजी गरिरहेका थिए ।


Advertisement

यसअघि, टान र अन्य उद्धार टोलीले धेरै पटकसम्म प्रयास गरे पनि हिउँ पर्न नरोकिएका कारण त्यसै फर्किएको थियो ।

शव भेटिएकोबारे प्रहरीलाई जानकारी दिइएको र शनिबार पोखरा ल्याइने टान पोखरा अध्यक्ष हरि भुजेलले बताए । गत ३ माघमा हिउँ पहिरोमा ३ नेपाली र ४ कोरियन गरी ७ जना बेपत्ता भएका थिए ।


Advertisement

बेपत्ता हुनेमा कोरियन नागरिक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन तथा नेपालीतर्फ मीनबहादुर लामा र टिरिङ भोटे छन् ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्