×

NMB BANK
NIC ASIA

इतिहास र संस्कृतिभित्रको चिन्तन : फूलबारीको सुगन्ध लिन किन कन्जुस्याइँ ?

फागुन १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपाली इतिहास र मौलिक संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण ह्वात्तै घटेको छ । इतिहास र संस्कृतिविदहरूले मौलिक संस्कृति खतरामा रहेको चेतावनीमूलक संकेत दिइरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

धनगढीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवमा पनि नेपाली संस्कृति र इतिहासको बहसले व्यापकता पायो । ‘खतरामा छ, इतिहास र संस्कृति’ विषयक सत्रमा संस्कृतिविदद्वय प्रा. डा प्रेमकुमार खत्री र डा. कृष्णराज सर्वहारीले नेपाली संस्कृति र नेपालीभित्र थारु संस्कृति संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको दक्षिण एसियाली अनुसन्धान केन्द्रका पूर्वनिर्देशक समेत रहेका प्रा. डा. खत्री भन्छन्, ‘इतिहास रुखो विषय किन मानियो ? दर्शन किन रुखो विषय भयो ? यो यसको स्वभाव हो । हामी कृषि प्रधान देशमा छौं । तपाईंलाई कसैले बाँझो जमिन दिएर यति उब्जनी गरेर खाइस् भन्यो भने तपाईंले हात बाँध्नु बाहेक केही उपाय हुँदैन । इतिहास पढेर भोलि परिवार पाल्ने र जनजीविका चलाउने कुरा छ । डिग्रीसम्म पुगेपछि छोरोले केही आर्जन गरोस् भन्ने कुरा इतिहासको पठनपाठन गर्ने विद्धानको हातबाट हुन सक्दैन ।’


Advertisment
Nabil box
Kumari

कुन विषय पढेर के, कति उत्पादन हुन्छ ? त्यसले के सहयोग पुग्छ ? समाजमा कस्तो सहयोग पुग्छ ? भन्ने नितान्त उपभोक्तावादी समाजका कारण इतिहास र संस्कृति संकटमा परेको उनको ठम्याइ छ ।

Vianet communication
Laxmi Bank

लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका प्रा.डा. खत्रीले नेपाली इतिहास लेखनको प्रारभिक चरणलाई कोट्याउँदै थप्छन्, 'हाम्रो इतिहास चाहिँ विसं २००७ मा जहाँबाट शिक्षा शुरू भयो । त्यसपछि शुरू भएको इतिहास के हो ? किन पढाई हुनुपर्ने ? किन लेख्नुपर्ने ? समग्र राष्ट्रको विकासमा अगाडि बढ्ने क्रममा कति योगदान दिन्छ ? भन्ने कुरा इतिहासको पठनपाठनबाट तत्काल समाजमा देखिएन । विदेशीहरू नेपाल आएर दंग पर्थे । यहाँका मान्छेले खाएको ढिँडो रोटी, यहाँको खोला, नाला, पहाड, पर्वत पर्यटनको गन्तव्य बन्न सक्छ, यो लेख्नुपर्छ भनेर शोखले लेखे । एक प्रकारको इतिहास बन्यो । अहिले पनि पढ्न त पढाइन्छ, विश्वविद्यालयमा । तर हाल पठनीय छैन ।’

हाल इतिहास र संस्कृति विषयप्रतिको रुची निकै कम भएको बताउँदै उनले सो विषयको कुनै उपाध्यायता सरकारले, प्राध्यापक र विद्यार्थीले नदेखेपछि रुखोपन भएको स्पष्ट पारे । उनले अब नयाँ चरणको इतिहास लेखन भएपछि आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

‘अब फेरि इतिहास लेखिन्छ । जातजातिहरूको संघर्षको, किसानको, मजदुरको, समाजको, क्षेत्रको, जिल्लाको, प्रदेशको पुरातत्विकको लेखिने छ । जब राम्ररी लेखिन्छ, तब फेरि इतिहासले एउटा बाटो पक्रिने छ । गति लिने छ । उच्च शिक्षामा पुनस्थापित हुनेछ भन्ने विश्वास लिएको छु,' उनी अगाडि थप्छन् ।

खस भाषा मात्रै नेपाली साहित्य हो?

समग्रमा नेपाली इतिहास र संस्कृतिको पठनपाठन धर्मराएको बेला अर्का संस्कृतिविद डा. कृष्णराज सर्वहारीले विभिन्न जातजातिको इतिहास र संस्कृति झनै संकटमा परेको व्याख्या गर्छन् ।

डा. सर्वहारी भन्छन्, ‘हाम्रो बुझाईमा अहिलेसम्म नेपाली साहित्य भनेको हामीले बोल्ने लेख्ने खस नेपाली मात्रै नेपाली साहित्य हो । तर यथार्थमा, नेपालमा बासोबास गर्ने जनजातिहरू छौं, ती सबै नेपाली साहित्य हुन् । नेपाली थारु साहित्य, नेपाली मगर साहित्य....। तर परिभाषा के गरिन्छ भने जसले खस भाषामा मात्रै लेख्छ, उसको मात्रै नेपाली साहित्य भनिन्छ । त्यसको मात्रै चर्चा हुन्छ । अखबारमा स्थान पाउँछ । त्यसले गर्दा अहिलेको पाठ्यक्रम पनि हेर्ने हो भने जसले नेपाली भाषामा पनि योगदान दिन्छन्, उहाँहरूको हामीले जीवनी पढ्छौं । उहाँहरूको शालिक देखिन्छ ।'

उनी इतिहास लेखनमा आफैं पछि परेको पनि तर्क गर्छन् । विश्व नेपाली साहित्य महोत्सव आयोजकलाई लक्षित गर्दै अगाडि थप्छन्–सुदूरपश्चिम साहित्य समाजले आफ्नो प्रांगणमा ३ जना मुर्धन्न साहित्यकारहरूको शालिक ठड्याएको छ । मलाई लाग्छ, सुदूरपश्चिम साहित्य समाजले डोटेली भाषामा लेख्ने, थारु भाषामा लेख्ने साहित्यकारहरूको शालिक उभ्याउने जमर्को किन गर्दैन ? हो यसकारण हामी इतिहास लेखनमा आफैं पछि परेको जस्तो लाग्छ । थारुको मात्रै होइन, अन्य जातिको पनि इतिहास हामी आफैं नेपाली साहित्यकारहरूले उपेक्षा गरेका छौं । बरू जति विदेशी साहित्यकारहरूले जनजातिहरूकोवारे लेखेर बाहिर ल्याइरहनुभएको छ । हामी आफैंले गर्न सकेका छैनौं ।’

जनजातिले नाचेपछि मात्रै हाईलाइट !

डा. सर्वहारीले राज्यले जातजातिको कला संस्कृतिलाई उपेक्षा गरेको गुनासो पोख्छन् । आफू थारु मातृभाषामा पनि बढी कलम चलाएको बताउने उनी नेपाली भाषामा कलम चलाउनेको तुलनामा निकै उपेक्षित रहेको दुखेसो पनि गर्छन् ।

पत्रकारिता समेत गर्दै आएको उनी भन्छन्, ‘म अखबारमा पनि छु, जस्तै, अहिले यो थारुको छोरो बोल्दैछ, अखबारको पानामा त्यति आउँदैन । म सेलेब्रिटी होइन, जति मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको आउँछ । उहाँहरूको ठूलो फोटोसहित आउँला । हाम्रो आउँदैन । किनकि हाम्रो बोली बिक्दैन । तर कुनै थरुनीले नाचेपछि फोटोसहित आउँछ । अधिकार मागेको, हाम्रो संस्कृति यति बलियो छ भन्ने कुरा हाइलाइट कहिल्यै आउँदैन । नेपाललाई ३६ जातको फूलवारी त भनियो तर हामी अझैपनि त्यो फूलवारीको सुगन्ध लिन कञ्जुस्याईं गरिरहेका छौं ?’

थारु इतिहास सबैभन्दा पुरानो

डा. सर्वहारीले नेपालमा सबैभन्दा पुरानो आदिवासी थारु रहेको दाबी गरेका छन् । साहित्य महोत्सवमा सहभागीहरू तर्फ इंगित गर्दै महोत्सवको दर्शक दिर्घामा थारु अनुहार निकै कम रहेको तर उपस्थित ८० प्रतिशतलाई यहाँको पहाड घर कहाँ हो ? डोटी हो कि, बझाङ... भनेर सोध्न सकिने बताउँछन् । तर थारु चाहिँ तराईबाट पहाड चढ्नै नसकेको बताउँदै उनी भन्छन्, 'थारु यस्तो जाति हो, लाखौं, करोडौं रुपैयाँ दिएपनि पहाडमा बस्दैन । उसले मलिलो बनाएको यहि तराईको भूमिलाई नै हो । जंगल फडाँनी गरेको, बाघ भालुसँग लडेको थारु नै हो ।’

तर थारुलाई सुदूरपश्चिमको मूलवासी नभएको भनी गरिने तर्कले आत्मसम्मान ठेस पुग्दै आएको उनी गुनासो गर्छन् । उनी भन्छन्, ‘राणा शासनकालमा जंगबहादुर राणाले लखनऊ काण्ड दबाउनलाई अंग्रेज सरकारलाई सहयोग गरेका थिए । त्यसको पुरस्कार स्वरूप बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पाए । जसलाई नयाँ मुलुक भनिन्छ । त्यसताका यो पूरै जंगलै थियो । दाङका डंगौरा त्योभन्दा पहिल्यै आएर यसलाई खेती योग्य बनाएका थिए । तर गैरथारुहरूले पछि आएको भन्दै थारु जाति सुदूरपश्चिमको आदिवासी होइनन् भनी अपव्याख्या गर्छन् । तर दाङबाट आएका डंगौरा थारु त पहिलेदेखि थिए नि !’

ऐतिहासिक तथ्यहरूका अनुसार सुनसरी, मोरङ, झापा, कपिलवस्तु, चितवनमा पनि थारुको उत्पत्ति दाङबाटै भएको बताउँदै उनले बुटवल र दाङ आसपासमा फेला परेको आदिमानवका कंकालहरूले उहिल्यैदेखि नै मानववस्ती रहेको र त्यो अरू कोही नभएर थारूहरूकै अवशेष भएको पुष्टि भएको तर्क गर्छन् ।

‘दाङमा दंगिशरण राजाले शासन गरेको इतिहास छ । त्यसैले पनि दाङ जिल्ला नाम परेको हुनुपर्छ । थारुहरूको उत्पत्ति यही दाङ नै भएकोले थारुहरू नेपालको सबैभन्दा पूरानो जाति हुन् भन्ने मेरो तर्क हो,' उनी दाबी गर्छन् ।

थारुवारे विदेशीले फेला पारेका ती दस्तावेज

थारु जातिको इतिहासवारे प्रा.डा. खत्री पनि थारु जाति तराईको मूलवासी रहेको दाबी गर्छन् । उनले आफ्नो कार्य अनुभव सुनाउँदै आफू त्रिभुवन विश्वविद्यालयको डिन रहेको अवस्थामा अमेरिकी नागरिकहरू थारुवारे अध्ययन गर्न आएको उनी बताउँछन् ।

‘उहाँहरूले अध्ययनको क्रममा थारुको विकासको केही डकुमेन्ट पायौं भन्नुभयो । मैले हेर्न चाहेँ । ती डकुमेन्टहरू थारुहरूलाई नेपालका राजाहरूले लेखिदिएका डकुमेन्ट रहेछन् । ताम्रापात्र जस्तै थियो । ती ५० वटा बढी थियो । फलाना फलानो थारु, चौधरी भनेर लेखिएको त्यसमा राजा महेन्द्रसम्मको डुकुमेन्टमा विभिन्न थारुको नाम लेखेर फलानो ठाउँमा वन फँडानी गरेर कृषि गर, दरबारबाट सहयोग गर्छौं भनेर उल्लेख थियो । जसकारण ती डकुमेन्ट अनुसार पनि थारुहरु तराईका आदिवासी हुन् । यिनीहरूको प्रमुख पेसा कृषि हो ।’

विदेशी नागरिकहरूले फेला पारेको दस्तावेजको आधारमा केही ग्रन्थहरू समेत तयार गरेको प्रा.डा. खत्री सुनाउँछन् । थारु जातिको अमूर्त सम्पदा रहेको दाङको बरका नाचलाई जीवन्त दिन काम गरेको पनि उनी अनुभव सुनाउँछन् ।

इतिहास र संस्कृतिको लागि भाषा जरुरी

संस्कृतिविदहरूले नेपाली संस्कृति संकटमा परेको चिन्ता व्यक्त गरेका छन् । खासगरी संस्कृतिको पठनपाठनमा पनि राज्यको ध्यान नगएकोले संकटमा परेको बताइएको छ । संस्कृतिमाथि उपभोक्तावादी समाज, आयातित संस्कृतिको प्रभाव, मानिसको आस्था र विचारमा पनि प्रभाव परेको प्रा.डा. खत्रीको भनाइ छ ।

त्यस्तै, डा. सर्वहारीले नयाँ पुस्तामा पुस्तान्तरण नभए संस्कृति संकटमा पर्ने बताउँछन् । उनी भन्छन्, ‘थारुहरुको पहिलेको घर छाप्रोमा थियो, संस्कृति जोगाउन छाप्रोमै बस्नुपर्छ, लगौटी लगाउँथे लगौटी लगाउनुपर्छ भन्नु हुन्छ भने त्यो चाहिँ अमिल्दो कुरा हो, असान्दर्भिक हो । संस्कृति जोगाउनलाई त सबभन्दा पहिले भाषा र साहित्य जोगाउनुपर्छ । भाषा हरायो भने त्यसको सबै ज्ञान निमिट्यान्न हुन्छ । थारुको हकमा थारु जातिको संस्कृति जोगाउन राज्यले धेरै केही गर्नै पर्दैन । थारुहरूको बरघर प्रथा जोगाइदिए पुग्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x