×

NMB BANK
NIC ASIA

नेकपा निकट कर्मचारी नै अधिकारका लागि आन्दोलनमा

फागुन १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्मचारीको ट्रेड युनियन अधिकार र पाउँदै आएको सेवासुविधा कटौती नगरी ऐन जारी गर्न माग गर्दै सत्तारुढ नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले जागरण आन्दोलनको प्रारम्भ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

फागुन १७ गते शनिवार ७ वटै प्रदेश र उपत्यकामा एकसाथ जागरण आन्दोलनको शुरूवात गरिएको संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, संघीय र प्रदेश निजामती ऐन तत्काल जारी गर्नुपर्ने, स्थानीय तह सेवा ऐन तत्काल जारी गर्नुपर्ने र ३ वटै तहमा ट्रेड युनियन हकअधिकार कायम हुनुपर्ने मागसहित संगठनले जागरण आन्दोलन प्रारम्भ गरेको छ,’ अध्यक्ष देवकोटाले लोकान्तरसँग भने, ‘हामीसहित आधिकारिक ट्रेड युनियन र अन्य संगठनले संयुक्त रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, राज्य व्यवस्था तथा सुशासन समिति र मुख्य सचिवलाई हाम्रा मागहरू पहिल्यैदेखि राखेका छौं ।’


Advertisment
Nabil box
Kumari

पास भइसक्नुपर्ने संघीय निजामती ऐन अब छिट्टै पास हुने अवस्था रहेको सन्दर्भमा आफ्ना मागहरू सम्बोधन गरिने/नगरिनेमा आफूहरू चनाखो रहेको देवकोटाले बताए ।

Vianet communication
Laxmi Bank

तत्काल सशक्त आन्दोलनका कार्यक्रम घोषणा नगरिएको बताउँदै संगठनका अध्यक्ष देवकोटाले भने, ‘जारी हुन लागेको ऐनमा हाम्रो ट्रेड युनियन अधिकार कटौती हुने र हामीले पाउँदै आएका सेवासुविधा कटौती हुने स्थिति आएमा आन्दोलनको लागि तयार रहन तथा कर्मचारीलाई सचेत हुन आह्वान गर्दै जागरण आन्दोलको शुरूवात गरेका हौं ।’ कर्मचारीका माग सम्बोधन नभए आन्दोलनको कार्र्यक्रम पनि घोषणा हुन सक्ने देवकोटाले बताए ।

संसदको सुशासन तथा राज्य व्यवस्था समितिमा संघीय निजामती ऐन २०७६ माथि अन्तिम छलफल भइरहेको छ । संगठनको जागरण आन्दोलनले संसदको समितिमा दबाब परोस् भन्ने उद्देश्य रहेको संगठनका अध्यक्ष देवकोटाले बताए । नेपाल निजामती कर्मचारी संगठन पूर्व एमाले निकट नेकपाको संगठन हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x