२६ जेठ २०८३, मंगलबार

भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा

फागुन १९, २०७६
भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा
प्रतिकात्मक तस्वीर

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । 

अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ ।

भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ । दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महंगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीले गुनासो गर्छन् । भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर विकासकुमार साहले आफ्नो जागिरको अवधि म्याद थप नगरेकाले एक्कासि सेवा बन्द गरेर छोडेपछि यहाँको भिडियो एक्सरे नै पूर्णरुपमा बन्द भएको अस्पतालका एक कर्मचारीले जानकारी  दिएका छन् । 

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर साहको गत पुसमा नै करार अवधि म्याद सकिएपछि भिडियो एक्सरे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । 

उनको म्याद थप नभएपछि सो सेवा विगत २ महिनादेखि  पूर्णरुपमा बन्द हँुदा सेवाग्राही मर्कामा परेका हुन् । भिडियो एक्सरे सेवा बन्द हँुदा अस्पतालमा जचाउन आउने  बिरामीले महँगो शुल्क तिरेर बाहिर सेवा लिन बाध्य भएको सेवाग्राही बिनाइ तिवारीले बताए ।

अस्पतालको भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर साहको म्याद थप र उनको ठाउँमा अर्को डाक्टर ल्याउने समयमा पहल नगरेकाले अहिले अस्पतालमा आउने बिरामी उचित सेवा लिनबाट वञ्चित भइरहेको उनले गुनासो छ । 

अस्पतालका लेखा शाखाका अनुसार भिडियो एक्सरे सञ्चालन भइरहँदा अस्पताललाई दोब्बर राजस्व उठ्ने गरेको थियो तर विगत २ महिनादेखि सो सेवा बन्द भएपछि राजस्व पनि प्रभावित हुने गरेको पाइएको छ । 

मंसिर महिनामा ११ लाख ५५ हजार ११९ रुपैयाँ राजस्व संकलन गरेको सो अस्पतालले भिडियो एक्सरे सेवा बन्द भएपछि माघ महिनामा ५ लाख २७ हजार ६९७ रुपैयाँ मात्र राजस्व असुली भएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्