
सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालय प्राणिशास्त्र विभागमा प्राध्यापक रहेका प्रा.डा. नन्दबहादुर सिंहलाई आइतवारको मन्त्रिपरिषद् बैठकले उपकूलपति नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट नियुक्तिको मौखिक जानकारी प्राप्त भएको नवनियुक्त उपकूलपति सिंहले लोकान्तरलाई जानकारी दिए ।
विश्वविद्यालयमा विगत ४ महिनादेखि उपकूलपति पद रिक्त रहेको थियो । तत्कालीन उपकूलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको थियो ।