×

NMB BANK
NIC ASIA

केएल टावरमा मोबाइल बैंकिङ मेला सम्पन्न, आगामी मेला मार्च ८ मा सिभिल मलमा हुने

फागुन १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डिजिटल वित्तीय सेवामा जडान गर्ने उद्देश्यले आइप्लेक्स् मलमा सफलता पूर्वक मोबाइल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित् केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाइल बैंकिङ मेला सञ्चालन गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मोबाइल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाइल फोनमार्फत बैंक  भुक्तानी, फन्ड ट्रान्सफर, स्टेटमेन्ट जाँचजस्ता थुप्रै सेवा लिन सक्नेछन् ।


Advertisment
Nabil box
Kumari

मोबाइल बैंकिङमार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टू पे सुविधामार्फत बिजुलीको महसूल, टेलिफोन बिल भुक्तानी, हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सरलरूपमा लिन सकिन्छ ।

Vianet communication
Laxmi Bank

मोबाइल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । 

मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रबिन्दु बनेको छ । 

सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइल टपअप जस्ता उपहार जित्न सक्नेछन् । मेलामा सहभागीमध्येबाट एक जनाले बम्पर उपहारका रूपमा  ५० हजार रूपैयाँ जित्न सक्ने आयोजकले जनाएको छ ।

बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिने फोनपेले जनाएको छ ।

यसबाहेक यो योजनामा सहभागीहरू फोनपेको अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सक्नेछन् ।

कुनैपनि मोबाइल बैंकिङ प्रयोगकर्ता आफ्नो बैंकको मोबाइल बैंकिङ एपमार्फत क्युआर स्क्यान टु पेमार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।

जनवरी २ देखि शुरू भएको यो योजना जुलाइ २, २०२० सम्म चल्नेछ । 

उपहार विजेता दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास व्याक प्राप्त गर्नेछन् । 

यस्तै ५ वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । 

यसैगरी हरेक हप्ता एकजना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एकजना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन् । 

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाइल मेलामा सहभागीता जनाई ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका  साप्ताहिक मोबाइल विजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाइल फोन हस्तान्तरण गरिन् ।

अर्को मोबाइल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x