भोजराज भट्टको ‘जौ पात’ लिएर आए नवराज [भिडियो]

गायक नवराज कलौनीले चर्चित देउडा गीत ‘जौ पात, लौ मैले क्या भण्या भण बाज’को रिमेक भर्सन सार्वजनिक गरेका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको अति नै लोकप्रिय गीतमा कलौनी चर्चित देउडा गायिका पुष्पा बोहराले साथ दिएकी छन् ।


Advertisement

गीत रिमेक भर्सटायल आर्टिस्ट राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले गरेका छन् । कमल सौरागको एरेन्ज रहेको गीत वरिष्ठ देउडा गायक भोजराज भट्टको लय शब्द हो ।

इन्दिरा गुरुङ र भोजराज भट्टको आवाजमा रहेको पुरानो देउडा गीतलाई पुष्पा र नवराजले आफ्नो स्वरमा नयाँ तरिकाले सिँगारेका छन् ।


Advertisement

सबैको मनमनमा बस्न सफल गीतको निर्देशन निर्देशक विक्रम चौहानले गरेका छन् । अभिनयमा सिबेस लेस, लोकेन्द्रप्रसाद जोशी, पुजन घिमिरे, प्रशंसा सुनार रहेका छन् ।

बेहुलो सिपाही, बनारसको साडी जस्ता गीतबाट स्रोताको मन जित्न सफल गायक कलौनीले अर्को अविस्मरणीय कोसेली पस्केका छन् । पुरानो गीतको मर्म र भाव नबिग्रिने गरी गीत रिमेक गरेको उनले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्