२७ जेठ २०८३, बुधबार

भारतीयसहित ३ राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहोदाको प्रमाणपत्र

फागुन २२, २०७६
भारतीयसहित ३ राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहोदाको प्रमाणपत्र
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा बिहीवार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूत विनयमोहन क्वात्रा तथा गणतन्त्र सिसेल्स र मेक्सिकोका गैरआवासीय राजदूतद्वय टमस सेल्वि पिल्ले र फेडेरिको सालास लोट्फीले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्