२६ जेठ २०८३, मंगलबार

औद्योगिक ग्राम विकासका लागि मन्त्रालयको अभिमुखीकरण

फागुन २२, २०७६
औद्योगिक ग्राम विकासका लागि मन्त्रालयको अभिमुखीकरण

औद्योगिक ग्राम विकासका लागि समझदारी भएका स्थानीय तहका प्रतिनिधिलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अभिमुखिकरण प्रदान गरेको छ ।

मन्त्रालयले चालू आर्थिक वर्षमा स्थानीयस्तरमा औद्योगिक ग्राम स्थापना गर्ने सम्झौता गरेका स्थानीय तहका प्रमुख र कार्यकारी अधिकृतलाई औद्योगिक ग्राम स्थापना र विकाससम्बन्धि अभिमुखीकरण प्रदान गरेको हो ।

मन्त्रालयले चालू आर्थिक वर्षमा ३७ वटा स्थानीय तहमा ९२ लाखको दरले लगानी गरी औद्योगिक ग्राम स्थापना गर्ने सम्झौता गरेको थियो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले औद्योगिक ग्राम स्थापनाले नेपालमा उद्योगको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री भट्टका अनुसार औद्योगिक ग्राम स्थापनाले सरकारले अगाडि बढाएको ‘सुखी नेपाल, समृद्ध नेपाली’ कार्यक्रमलाई साकार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

औद्योगिक ग्राम स्थापना भएका सबै स्थानीय तहहरूलाई सम्झौताअनुसारको रकम हस्तान्तरण गरिसकेको मन्त्रालयले जानकारी दिएको छ ।

औद्योगिक ग्राम स्थापना गर्न सम्झौता भएकास्थानीयतह

salt training

कमेन्ट गर्नुहोस्