माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
फागुन २३, २०७६
सामान्य परिवारका प्रिन्स (नाम परिवर्तन) सानैदेखि मेहेनति थिए । परिवारको आर्थिक अवस्था कमजोर भएपनि सुख–दुःख गरेर उनले स्नातकसम्मको अध्ययन सके ।
स्नातक अध्ययनपछि आफ्न्तको सहयोगमा उनी अमेरिका हानिए । त्यहाँ ३ वर्ष मास्टर्स डिग्रीको अध्ययनसँगै रोजगारी पनि गरे ।
पढ्दै, काम गर्दै गर्दा पनि राम्रै कमाए । त्यहाँ बस्दा कमाएको पैसाले उनले काठमाडौंको कलंकीमा ७ वर्ष अगाडि साढे ४ आनामा ३ तल्ले घर बनाए ।
परिवारका एक्ला छोरा भएकाले आफन्तको सहयोगमा ‘स्ट्रगल’ गरेका प्रिन्सलाई आफ्नो घर बनाउनु धेरै ठूलो कुरा थियो । आफ्न्तको सद्भाव र आफ्नो मेहेनतले उनको सपना एक हदसम्म पूरा भएको थियो ।
अमेरिकामा अध्ययनको शिलशिलामा हङकङको एउटा आईटी कम्पनीले उनलाई रोजगारीको अफर गर्यो । त्यो उनका लागि ठूलै कुरा थियो । उक्त प्रस्तावलाई सहजै स्वीकारेर उनी केही समयका लागि नेपालमा आए ।
नेपाल आएका बेला विवाह पनि गर्ने उनको योजना थियो । नेपालमै छँदा उनी सदिक्षा (नाम परिर्वतन)लाई मन पराउँथे । अमेरिका रहँदा पनि विभिन्न सोसल मिडिया प्लेटफर्मबाट सदिक्षासँग समय–समयमा कुराकानी हुन्थ्यो ।
भक्तपुरकी सदिक्षासँग उनको पहिलो भेट भने स्नातक अध्ययनका क्रममा त्रिभुवन विश्वविद्यालयमा भएको थियो ।
नेपाल आएर उनले विवाहको प्रस्ताव राखे । सदिक्षाले सहजै स्वीकारिन् । आफूले मन पराएको केटी पाउँदा प्रिन्स निकै खुशी थिए ।
मेहेनत गरेर काठमाडौंमा बनाएको घरमा आफूले मन पराएकी केटी श्रीमतीको रूपमा भित्रिने कुरा उनको जीवनको नयाँ र स्वर्णिम अध्याय थियो ।
दुवै परिवारसँगको सल्लाहमा धुमधामसँग विवाह भयो । विवाहको ३ महिनापछि सदिक्षालाई नेपालमै छाडेर प्रिन्स रोजगारीका लागि हङकङ गए ।
प्रिन्सले सदिक्षालाई यति धेरै माया गर्थे कि सदिक्षाको एक वचनमा त्यो घर उनकै नाममा नामसारी गरिदिएका थिए ।
श्रीमतीलाई दुःख नहोस् भन्ने हेतुले प्रिन्सले बैंकमा रहेको ३३ लाख रुपैयाँ पनि सदिक्षाकै बैंक खातामा ट्रान्सफर गरिदिएका थिए ।
श्रीमान हङकङ र श्रीमती काठमाडौंमा भएपनि कुराकानी नियमित हुन्थ्यो । यो क्रम ९ महिनासम्म चलिराख्यो ।
खर्चका लागि प्रिन्सले महिनैपिच्छे सदिक्षालाई पैसा पठाउँथे । यसक्रममा एकदिन उनले यस्तो खबर सुने जुन उनको जिन्दगीमा बज्रपात बनेर आयो ।
सदिक्षा अर्कैसँग गएको भन्ने कुरा आफन्तमार्फत सुन्दा उनले शुरूमा त विश्वास नै गरेनन्, किनकी त्यही दिनसम्म उनको कुराकानी भइरहेको थियो ।
ती आफन्तले भनेको कुराको प्रतिवाद गरे । तर, शंका भने हुने नै भयो । त्यसपछि साथीलाई बुझ्न लगाए ।
आफन्तले भनेको कुरा सही निस्कियो । त्यति बेला त सदिक्षाले अर्कैसँग बिहे गरेको ३ महिना भइसकेको रहेछ ।
सदिक्षाले प्रिन्स हङकङ गएको ६ महिनामै रोजिन (नाम परिर्वन)सँग विवाह गरेकी रहिछन् ।
उनले कलंकीको घर पनि बिक्री गरिसकेकी रहिछन् । बैंक खाताको पैसा त उनकै नाममा भइहाल्यो ।
त्यसपछि प्रिन्स हतारहतार काठमाडौं फर्किए । यहाँ आएर उनले महिला तथा बालबालिका सेल कालिमाटीमा जाहेरी दिए ।
‘उहाँले हामीलाई बहुविवाहको जाहेरी दिएपछि पक्राउ गरी केटी र पछिल्लो केटालाई हिरासतमा लिएर अनुसन्धान गर्यौं,’ महिला तथा बालबालिका सेल कालिमाटीकी प्रहरी नायब निरीक्षक गीता थापाले लोकान्तरसँग भनिन्, ‘अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् हामीले सम्माननीय जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्यौं ।’
उनका अनुसार प्रहरी अनुसन्धानमा सदिक्षाले प्रिन्सको घर, बैंकमा रहेको पैसा र हङकङ गएर कमाएर पठाएको पैसा गरी करीब ७ करोड बराबर हिनामिना गरेको पाइएको छ ।
आर्थिक हिसाबकिताब मिलापत्रमा टुंगिएपछि सदिक्षा र उनको पतिविरुद्ध बहुविवाहको मुद्दा अघि बढेको छ ।
जिल्ला अदालत काठमाडौंमा मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ को उपदफा (१) र (२) बमोजिमको कसूरमा मुद्दा विचाराधीन छ । आरोपितहरू १ लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् ।
पछिल्लो समय कतिपय महिलाले विदेशमा रहेका पुरुषसँग विवाह गर्ने र यसैगरी सम्पत्ति हडपेर अर्कैसँग गएको भनी उजुरीहरू आउने गरेको महिला तथा बालबालिका सेल कालिमाटीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानमञ्जरी शर्मा बताउँछिन् ।
‘पछिल्लो समय महिलाबाट पुरुष पीडित भएका केसहरू बढेका छन् । विदेशमा भएका पतिको सम्पत्ति लिएर पत्नी अर्कैसँग भागेको भन्दै उजुरी आउने गरेको छ,’ इन्स्पेक्टर शर्माले लोकान्तरसँग भनिन् ।
पछिल्लो ३ वर्षमा महिला तथा बालबालिका सेल काठमाडौंले ८ हजार ७०८ वटा केस जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको छ, जसमा घरेलु हिंसा र जबरजस्तीकरणीका मुद्दा सबैभन्दा धेरै छन् ।
घरेलु हिंसाका ७ हजार ६ सय २ र जबरजस्तीकरणीका ५ सय ८९ मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको इन्स्पेक्टर शर्माले लोकान्तरलाई जानकारी दिइन् ।
महिला सेलले मानव बेचबिखनमा १६१ वटा, बालविवाहका २ वटा, बहुविवाहका २ सय ३ वटा, बोक्सी आरोपका २ वटा जवरजस्ती करणी उद्योगअन्तर्गतका १ सय ४८ वटा मुद्दा दर्ता गरेको तथ्याङ्कमा उल्लेख छ ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...