×

NMB BANK
NIC ASIA

औषधि उत्पादक संघले भन्यो– तीन महिना भन्दा बढीको औषधि मौज्दात छ

फागुन २३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ ।

Muktinath Bank

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि सम्बन्धित औषधिको कमी हुने हल्लाका बीच सङ्घले औषधिको कमी हुन नदिने जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घले आज पत्रकार सम्मेलन गरी तीन महिनाभन्दा बढी समयको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सम्मेलनमा सङ्घका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको अवगत गराउँदै अहिले चीनबाट पनि कच्चापदार्थ आइरहेको बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, 'भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका हौँ, विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन दिने छैनौं ।'

नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन् ।

सङ्घका महासचिव विप्लव अधिकारीले नेपालमा सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने गरेको बताउँदै देशलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा वर्तमान परिस्थितिले सबैमा सचेतना बढोस् भने ।

उनले हालको स्थितिमा लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलाई आग्रह गर्नुपर्ने अवस्था नरहेको जनाउँदै निजी औषधि उद्योगसँग सरकारले सहकार्य गरेमात्र पुग्ने बताए ।

सङ्घका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले विदेशी औषधिलाई हारगुहार गर्नुको सट्टा सरकारले नेपाली उत्पादक सङ्घसँग सहकार्य गर्न आग्रह गर्दै आफूहरू नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्‍याउन सदैव तत्पर र सक्षम रहेको स्पष्ट पारे ।

नेपाल हाल करीब ४५ प्रतिशत औषधिमा आत्मनिर्भर छ भने बाँकी औषधि विभिन्न मुलुकबाट आयात हुने गरेको छ ।

गत वर्ष मुलुकमा स्वदेशी र विदेशी गरी करिब रु ७० अर्ब मूल्य बराबरको औषधि खपत भएको सङ्घले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x