×

NMB BANK
NIC ASIA

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ५ नम्बर प्रदेशमा झण्डै ८२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

Muktinath Bank

प्रदेशका १२ जिल्लाका ३२१ परीक्षा केन्द्रमा ८१ हजार ४०१ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा आगामी चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परीक्षार्थीमध्ये प्राविधिकमा २ हजार १३१, साधारणमा ७६ हजार ७४९ र ग्रेड वृद्धिका २ हजार ६५२ जना छन् । २०७५ सालदेखि प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट र अन्य व्यवस्थापन प्रदेश सरकारबाट हुँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

सामाजिक विकास मन्त्रालयले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । जिल्लागत रुपमा सबैभन्दा धेरै रूपन्देहीका विद्यार्थी छन् । रुपन्देहीबाट १७ हजार ४३०, नवलपरासी पश्चिमबाट ६ हजार १०४, पाल्पाबाट ५ हजार ६४, गुल्मीबाट ४ हजार ७०३, अर्घाखाँचीबाट ३ हजार ४२७, कपिलवस्तुबाट ७ हजार ४७४, रोल्पाबाट ३ हजार ५१८, प्यूठानबाट ४ हजार १५५, दाङबाट १२ हजार ८२३, बाँकेबाट ८ हजार ५४१, बर्दियाबाट ७ हजार ८८ र रुकुमपूर्वबाट १ हजार ७४ विद्यार्थी रहेका छन् ।

Vianet communication
Laxmi Bank

परीक्षामा छात्र ३९ हजार ७३३ र छात्रा ४२ हजार ६६५ जना रहेका छन् । ६ जना अन्य विद्यार्थी पनि छन् । परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको छ । 

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त केन्द्रगत परीक्षार्थी विवरण सबै केन्द्रसम्म पुर्‍याइएको मन्त्री सुदर्शन बरालले जानकारी दिए । 

गुणस्तरीय शिक्षाको दृष्टिकोणले प्रदेश ५ उत्कृष्ट शैक्षिक ‘हब’को रुपमा चिनिन्छ । २०६८ सालको जनगणना अनुसार प्रदेशको साक्षरता प्रतिशत ६६.४ प्रतिशत छ । जसमध्ये पुरुषको ७५ र महिलाको ५८ प्रतिशत छ ।

५ नम्बर प्रदेशको शैक्षिक तथ्यांक अनुसार भर्नादर प्राथामिक तहको ९७, निमाविको ८४, माविको ६१ र ११/१२ को १९ प्रतिशत छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x