
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी नभएको जिकिर गरेका छन्।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले समस्या समाधान गर्न व्यावसायीहरुसँग समन्वयनको काम भइरहेको बताए।
चेम्बर अफ कमर्सले समेत समिति बनाएको बताउँदै उनले बजारमा कुनैपनि अत्यावश्यक वस्तुको अभाव नभएको बताए। उनले आम उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरे ।