२६ जेठ २०८३, मंगलबार

मच्छिन्द्रलाई सिजनका तीन उपाधि

फागुन २४, २०७६
मच्छिन्द्रलाई सिजनका तीन उपाधि

इलाममा जारी छैटौँ माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडौँले हात पारेको छ।

आयोजक माईभ्याली क्लब इलामलाई १-० गोलअन्तरले हराउँदै सो मच्छिन्दले उपाधिमाथि कब्जा जमाएको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरेका हुन्।

उपाधिसँगै मच्छिन्द्रले  नगद आठ लाख र उपविजेता बनेको माईभ्यालीले पाँच लाख प्राप्त गरेको छ।
 
वर्षाले बिथोलिएको खेलमा खेलको दोस्रो हाफपछिको इन्जुरी समयको सदुपयोग गर्दै मच्छिन्द्रलाई उपाधि दिलाएका हुन्।

हाफपछिको समयमा खेलाडीले भारी बर्षाका बीच खेल खेल्नुपरेको थियो। खेलको १२औँ माईभ्यालीका छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए। २२औँ मिनेटमा मच्छिन्द्रका रेजिङ सुब्बाको प्रहार आकाशियो। ४३औँ मिनेटमा मच्छिन्द्रका विमलले गोलको अवसर गुमाए।

प्रतियोगितमा डिफेन्डर माइभ्यालीका छिरिङ गुरुङ उत्कृष्ट बने। किपर आयोजकका देव लिम्बू मिडफिल्डर मच्छिन्द्रका योगेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका निया एन्डेस बने। उत्कृष्ट सबैले समान २५ हजार प्राप्त गरेका छन्।  

प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टोलीका शरण बस्नेत घोषित भए। उनले नगद  एक लाख १५ हजार प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुबाल बने। उनले नगद २५ हजार प्राप्त गरे।

विजेतालाई पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, एन्फा अध्यक्ष कर्मा छिरिङलगायतले पुरस्कार वितरण गरेका थिए। शहीद स्मारक ए डिभिजन लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्रले माईभ्यालीसहित सिजनका तीन उपाधि जितेको छ।

salt training

कमेन्ट गर्नुहोस्