×

NMB BANK
NIC ASIA

राजपामा किचलो

२ सांसदको २ तिर मुख, भागबण्डा नमिल्दा सुविधाबाट विमुख !

फागुन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पद र प्रतिष्ठाको लडाईं केन्द्रमा मात्रै होइन प्रदेश र जिल्ला तहमा पनि चुलिएको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजपाका २ सांसदबीच २ वर्षदेखि पद र प्रतिष्ठाको लडाईं चल्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभामा राजपाका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद कृष्णबहादुर चौधरी र पार्टीकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी मालामती रानाथारु (समानुपातिकतर्फ) ले प्रतिनिधित्व गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

कुनैपनि राजनीतिक दलले संसद्‍मा आफ्नो दलको नेतृत्वका लागि संसदीय दलको नेता, सचेतकलगायत चयन गर्नुपर्ने हुन्छ । भागबण्डा मिल्ने हो भने दुवैलाई एक–एक पद मिल्ने पक्का छ ।

Vianet communication
Laxmi Bank

सुदूरपश्चिममा सत्ता पक्षीय दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहिले नै दलका नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइसकेका छन् । तर सुदूरपश्चिम प्रदेश गठन भएको २ वर्ष गुज्रेपनि अर्को प्रतिपक्षी दल राजपाले टुंगो लगाउन सकेको छैन ।

दुवै जनाले संसदीय दलको नेतामा दाबी गरेपछि विवाद सुल्झिनुको साटो बढिरहेको छ । सांसद रानाथारु आफू पार्टीको वरीयतामा वरिष्ठ रहेकाले दलको नेता आफू बन्न पाउनुपर्ने अडानमा छिन् भने चौधरीले आफू प्रत्यक्ष निर्वाचित भएकाले आफूले पाउनुपर्ने अडान राखेका छन् ।

दुवैजना अडानमा टसकोमस नहुँदा विवाद २ वर्षसम्म पनि सुल्झिन सकेको छैन ।

एकताका राजपा कैलालीले सांसद चौधरी दलको नेता हुने भन्दै संसद् सचिवालयमा नाम सिफारिश गरेको थियो । तर सांसद रानाथारुले आफूलाई कुनै जानकारी नै नदिई एकलौटी ढंगले सिफारिश गर्ने निर्णय गरेको भन्दै कड्किएपछि त्यो सिफारिश त्यहीँ तुहियो ।

त्यसपछि बल्झिएको विवादले धेरै समयसम्म २ सांसदबीच बोलचाल नै बन्द भएको राजपा कैलालीका जिल्ला नेताहरू बताउँछन् । हाल समान्य बोलचाल भएपनि उनीहरूबीचको प्रतिष्ठा र पदीय लडाईं जस्ताको तस्तै छ ।

आफू वरिष्ठ रहेकाले आफ्नो दाबी स्वभाविक रहेको सांसद रानाथारु बताउँछिन् । ‘पार्टीभित्रको वरीयता क्रमअनुसार मेरो हैसियत ठूलो हो । अर्कोकुरा म संविधान सभा सदस्य समेत भैसकेकाले नैतिक हिसाबले पनि मैले नै पाउनुपर्ने हो, तर एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा हामी दुुईटैलाई घाटा भएको छ,’ उनले भनिन् ।

अर्का सांसद चौधरीले संसदीय अभ्यासको आधारमा दलको नेता आफूले पाउनुपर्ने दाबी गरे । ‘कुनैपनि राजनीतिक दलमा प्रत्यक्ष निर्वाचित सांसदले नेतृत्व गर्नु पाउनुुपर्ने संसदीय अभ्यास नेपालमा रही आएको छ, जुन कारणले कुनैपनि हालतमा मैले नै पाउनुपर्ने हो,’ उनले भने ।

जिल्ला र प्रदेशले विवाद सुल्झाउन नसकेपछि केन्द्र गुहारिएको थियो । ‘यहाँ टुंगो नलागेपछि हामीले टुंगो लगाइदिन केन्द्रीय कमिटीलाई अनुरोध गरेका थियौैं, तर हालसम्म कुनै निकास आएको छैन,’ उनीहरू भन्छन् ।

अहिले राजपामा ६ सदस्यीय अध्यक्षमण्डल छ । २–२ महिनामा नेतृत्व लिने चक्रीय प्रणालीअनुसार पार्टी चलेको छ । अध्यक्ष मण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव रहेका छन् । ती ६ जनाबीच पनि रस्साकस्सी चल्दै आएको छ । 

दलको संसदीय दलका नेताले संसद्बाट थप सेवा सुविधा पाउने भएकाले दुवैजना आफ्नो अडानबाट सितिमिति पछाडि हट्ने मनस्थितिमा देखिँदैनन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार अन्य राजनीतिक दलका संसदीय दलका नेताले प्रदेश सभा सचिवालयबाट थप अतिरिक्त सुविधाको रुपमा अलग्गै सचिवालय, गाडी र इन्धनलगायत सुविधा पाउँदै आएका छन् । तर राजपा लामो समयसम्म पनि दलको नेता टुंगो लगाउन नसक्दा ती सेवाबाट विमुख हुँदै आएको छ । 

दुई मात्र सांसद रहेको पार्टीको यस्तो विवादले संसद्‍मा राजपाको उपस्थिति पनि फितलो बनिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x