×

NMB BANK
NIC ASIA

कांग्रेस र राप्रपाका ४७ कार्यकर्ता नेकपामा प्रवेश, मुख्यमन्त्रीले गरे स्वागत

फागुन २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

Muktinath Bank

नेकपा पोखरा महानगरपालिका–२४ ले सोमवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा नेतृत्वको ३ तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्ने आवश्यकतामाथि जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले कम्युनिस्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै कांग्रेस लगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिस्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै उनले मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री गुरुङले आगामी २५ वर्षभित्रमा प्रदेशको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्‍याउने लक्ष्य अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रकृतिक सम्पदाको अधिकतम उपयोगको नीति प्रदेश सरकारले लिएको स्पष्ट पारे ।

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले आवश्यकता, योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउँदै पार्टीलाई एकताबद्ध बनाउँदै सरकारले गरेको विकास निर्माणका कामको जनता समक्ष पुर्‍याउन निर्देशन दिए ।

पोखरा–२४ का नेपाली कांग्रेस र राप्रपाका विभिन्न जिम्मेवारीमा रहेका ४७ जना कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई मुख्यमन्त्री गुरुङ, अध्यक्ष पाण्डे, प्रदेश कमिटी सचिव गोविन्द नेपाली, पोखरा महानगर प्रमुख मानबहादुर जिसी लगायतले माला र अबीर लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए । नेकपा पोखरा–२४ का अध्यक्ष मनोहर त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x