×

NMB BANK
NIC ASIA

प्रभू बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फागुन २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रभू बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा १ दिने वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । 

Muktinath Bank

चिचिला गाउँपालिकाका स्थानीयलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजीवी, नागरिक समाज लगायतका व्यक्तिको सहभागिता रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ दिने वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाइ राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिनेबारे बताएका थिए । 


Advertisment
Nabil box
Kumari

चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीय नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पन्न हुन सकिने बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा प्रमुख अतिथि चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधि र स्थानीयको आर्थिक अवस्थाबारे जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभू बैंक र सेजनलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, वरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभू बैंक लिमिटेड खाँदबारी शाखा कार्यालयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आप्mना भनाइ राखेका थिए ।

प्रभू बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गरेको बैंकले विश्वास लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x