×

NMB BANK
NIC ASIA

विद्युत् आयोजनाको काम अन्तिम चरणमा

फागुन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

Muktinath Bank

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको छ । चालू आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम अगाडि बढाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको ८५ प्रतिशत काम सकिएको बताइएको छ । आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीय ४० घरधुरीबाट प्रतिघर रु १० हजारका दरले रु चार लाख लगानी भएको छ ।


Advertisment
Nabil box
Kumari

उपभोक्ता समिति अध्यक्ष नरहरि पुनले निर्माण सकिन लागेको बताए। गाउँपालिकाले थप बजेट विनियोजन गरेपछि चालू वर्षभित्र काम सकिने उनले बताए । छिट्टै बिजुली बल्ने भएपछि स्थानीय उपभोक्ता खुशी भएका छन् । विद्युत्गृह तथा लाइन विस्तारका लागि आवश्यक सम्पूर्ण सामग्री आइसकेका छन् ।

Vianet communication
Laxmi Bank

सामग्री जडान गरेर विद्युत् बाल्न मात्रै बाँकी रहेको उहाँले बताउनुभएको छ । गाउँमा आयोजनाको पोल गाड्ने र तार तान्ने काम सकिएको छ । बजेट अभावमा आयोजना एक वर्ष ढिलो हुने अनुमान गरिएको भए पनि फागुन १९ गते बसेको कार्यपालिकाको बैठकले विद्युत् शीर्षकको कूल बजेटमध्ये आधा यसमै लगानी गर्ने निर्णय गरेपछि निर्माण सकिने भएको वडा नं २ का वडाध्यक्ष जीवन केसीले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x