फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
फागुन २८, २०७६
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तथा संविधानसँग असन्तुष्ट रहेका समूहहरूसँग वार्ता गर्ने भनिएको तत्कालीन राजनीतिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतासँग निरन्तर सम्पर्कमा छन् ।
२०७५ फागुन २८ गते विप्लव नेतृत्वको विद्रोही नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि पनि पाण्डेले वार्ताको वातावरण बनाउन निरन्तर छलफल गरे तर वार्ता अनौपचारिक कुराकानीमा मात्र सीमित रह्यो ।
गत वर्ष भदौ ८ गते संविधानसँग असन्तुष्ट रहेका ४४ समूहसँग वार्ता गरेर मूलधारमा ल्याउने जिम्मेवारी पाएका पाण्डे र उनको समितिले विद्रोही नेकपाबाहेक अन्य सबै समूहसँग सफलतापूर्वक वार्ता गरिसकेको छ ।
विप्लव नेतृत्वको विद्रोही नेकपासँग के–के कुराकानी भए, वार्ता किन सफल हुन सकेन भन्ने प्रश्नका वरिपरि रहेर लोकान्तरका ईश्वर अर्यालसँग पाण्डेले विस्तृत कुराकानी गरेका थिए । प्रस्तुत छ पाण्डेसँगको कुराकानीको सम्पादित अंश –
वार्ता भइरहेको छ, निष्कर्षमा पुगेको छैन
२०७५ भदौ ८ गते राजनीतिक वार्ता टोली गठन भयो । राजनीतिक वार्ता टोली २०७५ को नाममा ‘अधिकारसम्पन्न उच्चस्तरीय टोली’ भन्ने टीओआरमा थियो । संविधानको दायराभन्दा बाहिर रहेका असन्तुष्ट द्वन्द्वरत समूहसँग वार्ता गर्ने र विगतमा भएका वार्ताको विषयमा पनि त्यसको सत्यतथ्य पत्ता लगाउने जिम्मा हामीले लिएका थियौं ।
हामीले खोज्दै गयौं । खोज्दै जाँदा करीब–करीब ४४ वटा विगतदेखिकै समूहहरू देखिए । १६ समूह कुनै खालको अस्तित्वमा नरहेको । उनीहरू कोही राजपामा विलय, कोही नेपाली कांग्रेसमा विलय, कोही नेकपामा विलय भइसकेका रहेछन् ।
बाँकी रहेका २८ मध्ये हामीले २६ वटासँग पूरै वार्ता गर्यौं । ७ वटा समूह किरात वर्कर्स, लिम्बुवान खम्बुवान लगायतका हतियार पनि जम्मा गर्यौं र नेपाल सरकारलाई बुझाउन उनीहरू तयार भए ।
बाँकी नेत्रविक्रम चन्दको पार्टी र सीके राउत । सीके राउत पनि वार्तामा आए । जयकान्त राउत भन्ने उनको दाजु मसँग आउनुभयो । हामीले छलफल पनि गर्यौं तर माइन्युट गरेनौं । जबसम्म सीके राउतले मुलुक विखण्डन गर्ने माग लिइरहन्छन्, तबसम्म औपचारिक वार्ता हुन सक्दैन, अनौपचारिक कुराकानी मात्र हुन सक्छ भनेर ६ पटक हामीले अनौपचारिक कुराकानी गर्यौं ।
आफ्नो परिवारको हिसाबले सहोदर भाइ भएकाले सीके राउतसँग कुरा गर्नुस् भनेर हामीले उहाँलाई पठायौं । उहाँ अहिले नास्टमा काम गर्नुहुन्छ ।
यतापट्टि (विप्लव नेतृत्वको नेकपा) जब हामीले भदौ ८ गते वार्ता गर्ने जिम्मेवारी पाइसकेपछि २६ गते पहिलोपटक वार्ताको आह्वान गर्यौं । असोज ३ गते विद्रोही नेकपाका केन्द्रीय कमिटीका सदस्य गुणराज लोहनीसँग सम्पर्क गर्यौं । ३ गतेदेखि निरन्तर रूपमा वार्ता र छलफल गर्न शुरू गर्यौं ।
त्यसबीचमा कृष्ण अधिकारी, अर्जुन थापा आउनुभयो । केन्द्रीय कमिटीका धेरै साथीहरू हाम्रो सम्पर्कमा आउनुभयो । हामीले सम्पर्क गर्दा प्रकाण्ड र नेत्रविक्रम चन्दले गुणराज लोहनीसँग मात्र कुरा गर्नु भनेर भन्नुभएको थियो । हामीले उहाँसँग कुरा गर्यौं । करीब ११ पटक हामीले सँगै बसेर वार्ता गर्यौं ।
उहाँहरू माइन्युटका निम्ति खासै तयार हुनुभएन तर १–२ पटकका माइन्यूट छन् हामीसँग । छलफल भयो । जब उहाँले मंसिर ८ गते भृकुटीमण्डपमा प्रदर्शन गर्नुभयो । त्यसपछि वार्ताका निम्ति अनिच्छुक देखिनुभयो ।
वार्ताका लागि सकारात्मक वातावरण बनाउने भन्दै त्यसअघि हामीले सरकारसँग सल्लाह गरेर जेलमा रहेका सबै बन्दीहरूलाई छुटाउने कामको पहल गरेका थियौं । वार्ताका निम्ति वातावरण तयार गर्न पक्राउ परेका नेता कार्यकर्तालाई बन्दी प्रत्यक्षीकरण रिटपछि पुनः नपक्रने नीति सरकारले लियो ।
तर उहाँहरू पछिल्लो कालमा वार्तामा आउनुभएन । फागुन ८ गते हाम्रो समितिको म्याद सकियो । म्याद थप्नका निम्ति हामीले के सल्लाह दियौं भने सबै समूह सकिइसक्यो, बाँकी रहेको एउटा विप्लव समूह मात्र हो । त्यसकारण अहिले म्याद थप्नतिर नलागौं । वार्ताको वातावरण भइसकेपछि म्याद थपौंला भनेर सल्लाह दिएँ । प्रधानमन्त्रीसँग अनुमति मागें । वार्ताका निम्ति अनौपचारिक पहल गर्दै गर्नुस् भनेर उहाँले अनुमति दिनुभयो ।
आवश्यक परेको बखतमा यसलाई वैधता दिन केही समस्या छैन घण्टाभरमा हामीले गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो । त्यसपछि अनौपचारिक वार्ता मैले कायमै राखें । लोहनीजी सम्पर्कमै हुनुहुन्थ्यो ।
उहाँहरूले ध्वंसात्मक गतिविधि गर्न थालेपछि गत वर्षको फागुन २८ गते सरकारले गतिविधिमाथि प्रतिबन्ध लगायो । अनि चैतको ३ गते मलाई गुणराज लोहनीले सम्पर्क गर्नुभयो । चितवनमा हाम्रो वार्ता भयो । त्योभन्दा अघि मैले प्रधानमन्त्रीसँग सोधेर गएको हो । बालुवाटारमै अनुमति लिएर त्यहीँबाट गाडी चढेर म चितवन गएको हो । चितवनको कुनै एउटा घरमा उहाँले चाहिँ मिटिङको आयोजना गर्नुभयो ।
उहाँहरूको २ जना मान्छे हुनुहुन्थ्यो, म एक्लै थिएँ । त्यसपछि त्यो खबर मैले प्रधानमन्त्रीलाई भोलिपल्टै दिएँ । लोहनी अलि लचिलो भएर प्रस्तुत हुनुभयो । थप नेताहरूसँग कुरा गर्ने र भेटघाट र कुराकानी जारी राख्ने प्रस्ताव थिए ।
चैतको ९ गते लोहनीजीले फेरि बोलाउनुभयो, वार्ता भयो । त्यतिबेलासम्म उहाँले वार्ताका लागि मलाई पार्टीले अथोरिटी दिएको छ भन्नुहुन्थ्यो । वैशाखको १ गतेसम्म थियो उहाँको अथोरिटी ।
उहाँले माथिल्लै नेतासँग प्रधानमन्त्रीलाई भेटाउने योजना बनाएको कुरा गर्नुभयो । त्यो सफल हुन सकेन । त्यसपछि मैले उहाँसँग सम्पर्क छोडे । त्यसपछि सिधै मैले विप्लवसँगै सम्पर्क गर्ने कोशिश गरे । नेत्रविक्रम चन्दबाट के आयो भने अब गुणराज लोहनीसँग होइन, सचिवालयका ५ मध्ये एक जनासँग कुरा गर्नुस् भनेर आयो । प्रकाण्ड, सुदर्शन, धर्मेन्द्र बास्तोला, अनिल विरही र वीरजंग । त्यसपछि जेठको अन्तिमसँग अनिल शर्मासँग मेरो सम्पर्क भयो ।
प्रकाश डुम्रेमार्फत वार्ता र भेटघाट गर्ने कार्यक्रम बनायौं । पहिलो वार्ता मेरै घरमा भयो । त्यसपछि २ महिना कुरा भएन । मैले फेरि विप्लवलाई नै भेट्ने कोशिश गरें । उताबाट बिरहीलाई नै भेट्नुस् भन्ने आयो । भदौमा १ जना शीर्षस्थ नेता समेतको भेटघाटको कार्यक्रम बनाएँ । एकदम अति गोप्यताका साथ भेट्यौं । त्यहाँ पनि बिरही नै आउनुभयो । त्यसपछि धर्मेन्द्र बास्तोलासँग पनि सम्पर्क भयो ।
अहिले पनि आजभन्दा २८ दिन पहिला फेरि मैले अनिल शर्मासँग मेरो भेटघाट भएको छ । सोमप्रसाद पाण्डेले सम्पर्क सूत्र नै पाएन भनेर पनि कतिपय सञ्चारमाध्यमहरूले लेखेका छन् । अहिले मबाहेक अरूसँग उहाँहरूको भेट भएको छैन । यो रिपोर्ट केही दिनअघि मैले गृहमन्त्री, गृहसचिव लगायतसँग छलफल गरेर दिइसकेको छु ।
वार्ताको विकल्प छैन भन्दै अनुरोध गरिरहेका छौं
त्यसरी कुरा भइरहेको छ । पछिल्लो कालमा हाम्रो अनुरोध के हो त भन्दा तपाईंहरू वार्ताका लागि तयार हुनुहोस् । वार्ताको विकल्प छैन । सरकार वार्ता गर्न तयार छ र अब तपाईंहरूले ढिला नगर्नुस् भन्ने आग्रह गरेका छौं ।
उहाँहरूको अहिले यसरी भेटघाट हुँदाखेरि ‘बाइ द वे’ वार्ता भन्ने अनि पछि सबैलाई गिरफ्तार गर्ने हो कि भन्ने डर छ तर यो बिल्कुलै हुँदैन भनेर मैले आश्वस्त बनाउन खोजेको छु । म अहिले पनि निरन्तर सम्पर्कमै छु । उहाँहरूको फोन निश्चित हुँदैन । कहिले कुन फोन हुन्छ, कहिले कुन फोन हुन्छ । उहाँहरूको फोन प्रायः स्वीच अफ हुन्छ, मैले म्यासेज पठाउँथें ।
वार्ताका लागि उहाँहरूले एउटा लाइन पास गर्नुभएको छ । सिद्धान्ततः वार्तालाई अस्वीकार नगर्ने भनेर उहाँहरूको हाइकमाण्डले निर्णय गरेको छ । अहिले अरु कुरा त्यस्तो केही छैन । पछिल्लो पटक कुनै हालतमा पनि वार्ताको तयारी गर्नुस्, वार्ताको विकल्प छैन । वार्ताबाहेक अरू सोचेर काम पनि छैन भनेर भनिरहेका छौं ।
तपाईंहरू पनि राजनीतिक एजेण्डाका साथमा हिँड्नुभएको छ । कम्युनिस्ट पार्टीको सरकार छ, बैठक बसौं । तपाईंहरूले राखेका रिफर्मका विषयहरूमा छलफल हुन्छ र सहमति हुन सक्छ भन्ने हाम्रो भनाइ हो ।
मैले भन्ने गरेको छु – २ वटा कुरा म ग्यारेन्टी गर्छु, एउटा व्यवस्था रिफर्म गर्ने कुरामा प्रधानमन्त्री सहमत हुनुहुन्छ, दोस्रो चाहिँ वार्ताका निम्ति आइसकेपछि गिरफ्तार हुँदैन । यी २ वटा कुरामा ढुक्क हुनुस् ।
मैले उहाँहरूसँग कुरा गर्दा गर्दै बालुवाटार फोन गर्ने पनि गरेको छु । परामर्श पनि गर्ने गरेको छु । तार्किक निष्कर्षमा पुर्याउन सकिएको छैन ।
पहिलो पटक टेबलमा बस्दा उताबाट के प्रस्ताव आयो ?
उहाँहरूले यो संसदीय व्यवस्था परिवर्तन हुन सक्छ कि सक्दैन भन्ने उहाँहरूको प्रस्ताव थियो । मैले चाहिँ सक्दैन, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । अहिले टेबलमा बसेर सम्झौता गरेको भरमा यो देशमा संसदीय व्यवस्था परिवर्तन हुन सक्दैन । त्यसो भए वार्ताको कुनै वातावरण बन्दैन भनेर शुरू गरेको थिएँ ।
दोस्रो वैज्ञानिक समाजवादका निम्ति तपाईंहरूको के सोच छ भनेर सोध्नुहुन्थ्यो । मैले भने – हामी पनि समाजवादमै पुग्नका निम्ति संविधानमा समेत समाजवाद उन्मुख लेखेका छौं । एग्रीमेन्ट गरेको भरमा वैज्ञानिक समाजवाद हाम्रो सहमति गरेको भरमा त पुग्दैन, त्यसका निम्ति समाजवादमा पुग्ने आधारहरू तयार गर्नुपर्छ । आउनुस् बसौं र त्यसका आधारहरू तयार गरौं ।
त्यसपछि बन्दीहरू छुटाउने कुरामा हामीले सरकारसँग छलफल गर्यौं र सरकार लचिलो बन्यो । त्यो वार्ताका निम्ति सहजीकरणका लागि थियो । त्यसपछि गएर अरू राजनीतिक प्रस्तावहरू र देश र जनताका कुराहरू उहाँहरू उहाँका प्रस्तावहरू हुन्थे । त्यसमा त हामी सहमत नै छौं ।
हामी एक भएर अघि बढ्न पनि सक्छौं तर विकल्पका निम्ति हामी पनि नेकपा नै रहन्छौं, सत्तारूढ पार्टीले राम्रो काम नगरेको खण्डमा हामी त्यसको विकल्प बन्न सक्छौं भन्नु भएपनि त्यसमा हामी सहमत छौं तर चाहिँ संविधानको मूलधारमा आउनुस्, ओपन हुनुहोस् भनेर मैले धेरै पटक भनेको छु । तर उहाँहरूले त्यस्तो निर्णय गर्नुभएको छैन ।
धरपकड दुवैतर्फ बराबर
धरपकड दुवैतर्फ बराबर छ । अस्ति कपिलवस्तुमा त्यत्रो आगजनी गरे । ठाउँठाउँमा आगजनी भएको छ । निर्माण कम्पनीका मेसिनहरू जलेका छन् ।
चन्दा आतंक यथावत नै छ । राजनीतिक पार्टी हो तर केही अतिवाद चाहिँ देखिन्छ । हाम्रो प्रधानमन्त्री पनि यसमा चिन्तित र आक्रोशित हुनुहुन्छ । यस्तो खालको विस्फोटहरू आगजनीका कुरा भइरहेका छन्, यो पार नलाग्ने कुरा किन गरिरहेको भनेर प्रधानमन्त्रीले आपत्ति जनाउनुभएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीबीच टसल छैन
उनीहरूलाई वार्तामा ल्याउने र नल्याउने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच कुनै टसल छैन । प्रधानमन्त्रीसँग भएको कुरा मैले गृहमन्त्रीलाई पनि बताइदिएको छु । यी कुराहरू भएको छ ।
उताबाट अलि पोजिटिभ कुरा नआइकन अगाडि बढ्ने कुरा भएन । त्यहाँभित्र बरू कतिपयले चन्दा उठाएर अलि बढी फाइदा लिएका होलान् । कोही सीमित घेरामा बसेकाले जितेरै छोड्छौं भन्ने अड्डी लिएका होलान् ।
हामीले हिजोको जनयुद्धकालपछि पनि त्यस्तै खालको कुरा दिमागमा रहेको होला । संसारमा कहीँ पनि बन्दुकबाट प्राप्त हुँदैन । नेपालको हकमा त बन्दुकबाट केही पार लाग्छ भन्ने कुरा त हुँदै हुँदैन । उहाँहरूबीचमै केही टसल हुनसक्छ । ढिलोचाँडो जसरी पनि वार्ता गरेर टुंग्याउनुपर्छ ।
हतियारका कुरा
मैले पाएको जानकारीअनुसार ठूलो शक्ति उहाँहरूको वृद्धिको अवस्थामा छैन । आकर्षण छैन । म २८ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेको मान्छे हो । त्यतिबेलाका कम्युनिस्ट अभियानहरूले फटाफट सिंगो मुलुक नै ढाक्ने गरी संगठन विस्तार गरेका थिए । अनि नेकपा माओवादीले पनि जनयुद्धको घोषणा गरेपछि धेरै मान्छेहरू आकर्षित भए ।
अहिले के छ भने २०६९ सालमा खुलेको पार्टीले आज २०७६/७७ मा पुग्दैछ । यो ८ वर्षका बीचमा जे खालको सांगठानिक र राजनीतिक शक्ति आर्जन गर्नुपर्थ्यो, त्यो गरेको देखिँदैन । के देखिन्छ भन्दा आकर्षण छैन, जरुरी छैन भनेर सबैले महसूस गरेको जस्तो देखिन्छ ।
हतियार त के छ भने पुरानो माओवादीसँग भएकामध्ये केही हतियार भएको बुझिन्छ । कस्तो अवस्थामा छन् भन्ने पनि थाहा छैन । हतियारको विषयमा मलाई त्यति जानकारी छैन तर केही न केही त भएको हुनुपर्ने मेरो अनुमान हो । उहाँहरूले जाजरकोट र कालिकोटबाहेक अन्त ठाउँमा तालिम गर्न पाएको जस्तो मलाई लाग्दैन । केही त होला ।
अध्यक्षहरूले सिधा उहाँहरूसँग कुरा गर्नुभएको छैन
प्रधानमन्त्रीले सिधै कुरा त गर्नुभएको छैन । प्रचण्डले पनि कुराकानी गरेको मलाई थाहा छैन । अलिकति सकारात्मक भएपछि बल्ल कुरा गर्ने भनेर पर्खिरहनुभएको जस्तो देखिन्छ ।
अहिलेसम्म मैले जति पहल गरें त्यो देश र जनताको भलो होस् भनेर गरेको हो । भोलि वार्ता भयो भने मैले नै गर्नुपर्छ भन्ने पनि छैन । सीके राउतको केसमा पनि हामीले थोरै पृष्ठभूमि तयार गरिदिएकै हो । कतिपय राजनीतिक मागहरूलाई सम्बोधन गर्ने कुरा सरकारकै कुरा हो । मैले अनुमति प्रधानमन्त्रीसँग लिएको छु ।
मैले माओवादी जनयुद्धमै हुँदा पनि देउवालाई फोन गरेर नमार्नुस् भन्थें
हिजो २०५६ सालमा परराष्ट्र तथा मानवअधिकार समितिको सभापति थिएँ । त्यतिबेला जब वार्ताको कुरा भयो । वार्ता असफल भएपछि म मानवाधिकार समितिको सभापति भएकाले धेरै मान्छेलाई जोगाउनका निम्ति सिधै प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर खबरदार ! मार्न चाहिँ नमार्नु होला है । गिरफ्तार गर्नुस्, केरकार गर्नुस्, अरु खोजी गर्नुस् तर कार्यकर्ता नमार्नुस् भनेर मैले कुरा गर्थें । कतिपय माओवादी साथीहरू काठमाडौं आएर मेरै कोठामा बस्ने परिस्थिति पनि थियो ।
यी सबै कुराहरू मैले गर्थें । जतिबेला उहाँहरूले हामी वार्ता नोकरसँग गर्दैनौं, मालिकसँग गर्छौं भनेपछि त्यतिबेला मेरो समितिमा रहनुभएका नारायणसिंह पुन र म दुवैजना राजदरबारतिर पनि पुगेका थियौं । मालिक खोज्दै, वार्ता गर्नुपर्छ भन्ने कुरामा । कमल थापालाई भेट्नुपर्छ भनेपछि हामीले भेट्यौं । उहाँहरूले हाम्रो कुरा भइरहेको छ भनेर भन्नुभयो तर केही पनि भएको रहेनछ ।
प्रतिबन्ध हटाउने विषयमा
यसमा चाहिँ गतिविधि घट्यो भने प्रतिबन्ध हट्छ । उहाँहरूले बम विस्फोट गराइरहने, चन्दा आतंक पनि गर्दै गर्ने कुरामा प्रधानमन्त्री त असहमत हुनुहुन्छ । चन्दाका बारेमा त ठूलो रिपोर्टिङ आइरहेको छ । कम्युनिस्ट पार्टीले नै सरकार चलाइरहेको मुलुकमा अर्को कम्युनिस्ट पार्टीले चन्दा उठाउने विषयबाट प्रधानमन्त्री एकदम असन्तुष्ट हुनुहुन्छ ।
प्रतिबन्ध लगाउँदा उहाँहरू हामीसँग छलफलमा हुनुहुन्थ्यो । पछि लोहनीजीले फोन गरेर बानेश्वरमा हामी भेटेका थियौं । उतापट्टि गतिविधिमा तत्काल कमी आयो भने र वार्ताका लागि आउने वातावरण बन्यो भने प्रतिबन्ध त हटाउने कुरा भइहाल्यो नि !
उहाँहरूको ठूलो नेता कार्यकर्ता पंक्ति त जेलमा पनि हुनुहुन्छ ।
सरकारले उनीहरू गलेर सकिएपछि आफैं आउँछन् भनेर कुरेर बसेको छैन । सरकारले त्योभन्दा पनि अहिल्यै टुंग्याउन पाए हुन्थ्यो भन्ने छ । नेत्रविक्रम चन्द जस्तो एउटा इनर्जेटिक मान्छे कम्युनिस्ट आन्दोलनको लिडरशीप दिन सक्ने मान्छे हो ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...