डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस फाइनलमा

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

साविक विजेता रुस्लान थ्री स्टार क्लबलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै विभागीय नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आयोजक सहारा क्लब पोखराले आयोजना गरेको क्याराभानदेखि जारी संस्करणसम्म १८ पटकको सहभागितामा ६ पटकको विजेता पुलिसले १६ औं संस्करणमा समेत थ्रीस्टारलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।


Advertisement

प्यारापिटमा उल्लेख्य दर्शकमाझ भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा पाँचौ पटकसम्मको विजेता थ्रीस्टारको चुनौती पन्छाउन पुलिसका लागि नीरकुमार राईले २ र कप्तान भरत शाहले १ गोलको योगदान दिए । 

खेलको ८ औं मिनेटमै कप्तान शाहले गोल गर्दै टिमलाई अग्रता दिएकोमा दोस्रो हाफको ५१ औं र ७२ औं मिनेटमा राईले २ गोल गरेका हुन् । 


Advertisement

थ्रीस्टारले पाहुना टोली गान्तोक सिटी क्लबलाई र पुलिसले आयोजक सहारा क्लबलाई पराउँदै गर्दै आपसी भेट गरेका थिए । प्रतियोगितामा नीरकुमार राई म्यान अफ दी म्याच भए । 

बिहीवार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

शनिवार हुने फाइनलको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्