×

NMB BANK
NIC ASIA

अर्थमन्त्रीलाई सांसदको प्रश्न– तपाईंको छायाँसँग शेयरबजार किन तर्सेको ?

फागुन २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सांसदहरूले नेपालको पूँजीबजारलाई सीमित व्यक्तिको सिन्डिकेटबाट मुक्त गरेर व्यवस्थित गर्न माग गरेका छन् ।

Muktinath Bank

धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक, २०७६ माथि बिहीवार प्रतिनिधि सभाको बैठकमा भएको सैद्धान्तिक छलफलमा सांसदहरूले पूँजीबजारलाई व्यवस्थित गर्न माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पूँजीबजारको कारोवारलाई आम जनताको पहुँचमा पुर्‍याउन माग गरे ।


Advertisment
Nabil box
Kumari

शेयर बजारमा ५० जना ब्रोकरको एकाधिकार रहेको र उनीहरूले जता लैजन चाह्यो उतै लैजाने गरेको भन्दै यसमा नियमन जरुरी रहेको उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

तामाङले शेयर दलालको सट्टा शेयर कारोबारी भन्न प्रस्ताव समेत गरे । 

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूँजीबजारमा समनानुकूल सुधार जरुरी रहेको बताए । 

कांग्रेस सांसद राजेन्द्र केसीले पूँजीबजारमार्फत पूँजी परिचालन गर्नुपर्ने बताए । ‘पूँजीबजार अर्थमन्त्रीको छायाँसँग तर्सेको जस्तो देखिन्छ । अर्थमन्त्री जाने कुराले शेयर बजारमा उत्साह र अर्थमन्त्री रहने कुराले गिरावट आउने गरेको छ ।

अर्थमन्त्रीसँग किन शेयर बजार किन तर्सेको होला ?’ उनले प्रश्न गरे । 

नेमकिपाका प्रेम सुवालले समाजवादको गफ गरिरहेको सरकारले संविधानविपरीत पूँजीबजारको कानून ल्याउन नमिल्ने भन्दै विधेयक फिर्ता गर्न माग गरे । ‘कोठामा बसेर कारोवार गरेर उत्पादन हुन्छ ? तपाईं मुठ्ठीभर व्यक्तिको अर्थमन्त्री हो कि जनताको ? इञ्जिनीयर पनि, शिक्षक पनि, कर्मचारी पनि शेयर बजारमा कारोबार गर्ने ? यो मिल्दैन विधेयक फिर्ता गर्नुस्,’ सुवालले भने । 

पूँजीबजार पूँजीपतिको मात्र होइन: मन्त्री खतिवडा

सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजार पूँजीपतिका लागि मात्र नभई १५ लाखभन्दा बढी जनता जोडिएको बताए ।

आफैंले उद्योग खोल्न नसक्ने, तर जोखिम मोल्न सक्ने साना तथा मझौला वचतकर्ताले शेयर बजारमा लगानी गरिरहेको उनले बताए । 

जलविद्युत्मा हजारौंको शेयरमार्फत सहभागिता हुँदै आएको र लघुवित्तबाट ऋण लिएर पनि शेयर किन्ने गरिएको उनले बताए  ।

बजारलाई व्यवस्थित गर्नका लागि सरकारले विधेयक ल्याएको मन्त्री खतिवडाले बताए ।

‘शेयर बजारको उतारचढावबारे म यति भन्छु, कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय योजना तथा सरकारले कस्तो नीति बनाउँछ भनेर लगानीकर्ताले निर्धारण गर्नुपर्छ,’ उनले भने, ‘व्यक्ति विशेष जो आएपनि विधि र नीतिअनुसार हुन्छ । कोरोनाको कारण विश्वव्यापी रूपमा आएको असरका कराण शेयर बजारमा उथलपुथल देखिएको छ, अल्पकालीन अवस्थालाई हेरेर दीर्घकाललाई असर गर्नुहुँदैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x