×

NMB BANK
NIC ASIA

विद्या भट्टराईको प्रस्ताव– पर्यटन उद्योग धराशायी हुन नदिन बैंकको ब्याज घटाऔं, कर छूट दिऊँ !

फागुन २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा सांसद विद्या भट्टराईले कोरोनाको संक्रमणबाट नेपालको पर्यटन उद्योगलाई धराशायी हुन नदिन बैंकको ब्याजदर घटाउने, पुनःकर्जाको व्यवस्था गर्ने र बैंकको किस्तालाई केही पर सार्ने निर्णय गर्न माग गरेकी छन् । 

Muktinath Bank

कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद भट्टराईले बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कोरोनाको असरले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिन लागेको भन्दै पर्यटन उद्योगलाई धराशायी बन्नबाट रोक्न बैंकको ब्याजदर घटाउने लगायतका पहल गर्नुपर्ने बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोरोना भाइरसका कराण नेपालीहरूको बीचमा सन्त्रास निम्तिरहेको देखेका छांै, खासगरी कोरोना भाइरसले सामाजिक जनजीवन प्रभावित बनाइरहेको छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष/परोक्ष नकारात्मक असर पर्ने सम्भावना देखेका छौं,’ उनले भनिन्, ‘कोरोनाका कराण नेपालको सम्भावना बोकेको पर्यटन क्षेत्र प्रत्यक्ष शिकार बन्न पुगेको छ, खर्बौं लगानी भएको पर्यटन उद्योग धराशायी हुने जोखिम बढेको छ ।’


Advertisment
Nabil box
Kumari

देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा र विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटन उद्योगलाई धराशायी बन्न नदिन उनले बैंकको ब्याजदर घटाउन तथा होटलले राज्यलाई बुझाइरहेको करमा छूट दिन माग गरिन् ।

Vianet communication
Laxmi Bank

‘खर्बौं लगानी रहेको पर्यटन क्षेत्रको अकुपेन्सी अहिले १० र १५ प्रतिशतमा झरेको छ । बैंकबाट ऋण लिएर स्थानीय तहमा पर्यटनको पूर्वाधार बनाएको र राष्ट्रिय पूँजी निर्माणमा लगानी गरिरहेको छ । कोरोनाका कारण पर्यटन क्षेत्रले उच्च ब्याजदर र मासिक किस्ता तिर्न नसक्ने अवस्था आएकाले बैंकको ब्याजदर घटाउन, पुनःकर्जाको व्यवस्था गर्न र एक वर्षसम्मको किस्ता पछाडि धकेल्न कर्जा पुनःताजगी गरेर केही पर सार्न आग्रह गर्छु,’ उनले भनिन्, ‘पर्यटन क्षेत्रका कर्मचारी पलायन हुन नदिन होटलहरूले नेपाल सरकारलाई तिर्ने कर, राजस्व र स्थानीय करमा ५० प्रतिशत सहुलीयत प्रदान गर्न सकियो भने केही राहत पुग्न सक्थ्यो कि ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x