×

NMB BANK
NIC ASIA

न रह्यो बसपार्क, न बन्ने भयो ‘भ्यु टावर’ ! [भिडियो रिपोर्ट]

फागुन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टावर’ निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द बिकोई जेभीका सञ्चालक मनोज भेटवाल पक्राउ परेपछि भ्यु टावर निर्माणको काम फेरि अबरुद्ध हुने खतरा बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं महानगरपालिका र जलेश्वर बिकोइबीच २०७१ सालमा सम्झौता भएपनि २ वर्षपछि २०७३ साल साउन ३० गते कार्यादेश पाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणको ठेक्का पाएको ४३ महिनामा अहिले बल्ल जमिनमुनिको पहिलो ढलान गर्ने अवस्थामा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

काठमाडौं महानगरपालिकाको सार्वजनिक निजी साझेदारी इकाइका निर्देशक ध्रुव काफ्लेका अनुसार १५ दिनभित्र भुइँ तल्लाको ढलान गर्ने तयारी भइरहेको बताउँछन् ।

Vianet communication
Laxmi Bank

५ वर्षभित्र १२ तल्ले भवन बनाउने प्रतिबद्धता जनाएको ठेकेदार कम्पनीले अहिले आएर बल्ल कामलाई गति दिएको छ । 

‘काम भएको देखिन्छ, बाँकी समयमा पूरा गर्छ कि गर्दैन भन्ने आशंका छ,’ वाग्लेले लोकान्तरसँग भने, ‘जमिनमुनिको काम ढिला भएपनि जमिन माथिको काम छिटो हुनेछ ।’

ठकेदार कम्पनीले जमिनमुनिको माटो निकाल्न समस्या हुँदा काममा ढिलाइ भएको बताउँदै आएको छ ।

यति लामो समयसम्म खासै गति नलिएको कामले अबको १७ महिनामा पूर्णता पाउने विश्वास गर्न निकै कठिन छ ।

निर्माण कम्पनीका मालिक भेटवाल बैंकिङ ठगीमा पक्राउ परेपछि निर्माणको काम प्रभावित हुने भन्दै कामदारहरू चिन्तित बनेका देखिन्छन् । 

निर्माण अवधिसहित ३० वर्षभित्र महानगरपालिकालाई भवन हस्तान्तरण गर्नेगरी महानगरपालिकासँग सम्झौता भएको थियो ।

भ्यु टावर निर्माणका लागि भन्दै काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कलाई खुलामञ्चमा सारेको छ । 

बसपार्क राख्ने गरी अनुमति पाएपछि भेटवालले खुलामञ्चमा सटर बनाएर भाडामा लगाएका थिए ।

व्यापक आलोचनापछि डोजर लगाएर सटर भत्काइएको थियो ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x