×

NMB BANK
NIC ASIA

निवर्तमान महावाणिज्यदूत अर्यालको ओजपूर्ण बिदाइ

फागुन ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निवर्तमान महावाणिज्यदूत एकनारायण अर्याललाई एक समारोहका बीच बिदाइ गरिएको छ ।

Muktinath Bank

महावाणिज्य दूतका रूपमा अर्यालले उत्कृष्ट छाप छाडेको बिदाइ समारोहमा उपस्थित कूटनीतिज्ञ तथा उद्योगी/व्यवसायीहरूले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारले अर्याललाई सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गर्ने निर्णय गरेपछि उनी महावाणिज्य दूतावासबाट बिदा भएका हुन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

बिदाइ कार्यक्रममा कोलकातास्थित नेपालको पारवहन र व्यापारसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरूले उनको समन्वयकारी भूमिकाको खुलेर प्रशंसा गरे । 

अर्यालले आफ्नो कार्यकालमा नेपाल-भारत पारवहन तथा व्यापार प्रवर्द्धनमा द्रूत, पारदर्शी र कम खर्चिलो हुने गरी नयाँ पद्धति बसाएका थिए ।

निर्भिक छवि भएका अर्याल इमान्दार प्रशासकको रूपमा चिनिन्छन् ।

महावाणिज्यदूत नियुक्त हुनुअघि उनले काठमाडौंको प्रमुख जिल्ला अधिकारी छँदा खाद्यान्नमा कालोबजारी गर्ने र न्यून गुणस्तरको खाद्य सामग्री बेचेर उपभोक्ता ठग्ने गरेको आरोपमा ठूला घरानाका व्यापारीहरूलाई समेत कारवाहीको दायरामा ल्याएका थिए ।

अर्यालले त्यतिबेला कारवाहीको दायरामा ल्याएकाहरूमाथिको मुद्दा अहिले पनि विचाराधीन छ ।

भारतको कोलकातामा नेपालका अलावा अमेरिका, बेलायत, फ्रान्स, जापान, रसिया लगायत १३ देशका महावाणिज्य दूतावास र अन्य ६२ देशका अवैतनिक महावाणिज्य दूतावास छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x