शेयर बजारमा हप्ताभर ४ अर्ब ४२ करोडको कारोबार

धितोपत्र बजारमा यस साता ३ दिन मात्रै कारोबार भयो । ३ दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो ।

लामो बिदापछि मंगलवार खुलेको बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो । 


Advertisement

साताभर कूल १८२ कम्पनीको कूल १ करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर ४ अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए ।

आइतवार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।  


Advertisement

नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीवारपछि मंगलवार खुलेको बजारमा कारोबारको शुरूआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । 

नेप्से ८६.३९ विन्दुले घटेर १ हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर १ अर्ब ७ करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोबार भएको थियो । मंगलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधवार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अंकले बढेर १ हजार ४२३.०९ मा पुगेको थियो । कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिद बिक्री भयो । 

साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो । त्यस दिन नेप्से ४५.९१ अंकले घटेर १ हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्