×

NMB BANK
NIC ASIA

५ दशकपछि मुहार फेर्दै सिद्धार्थ राजमार्ग, दैनिक ८ घण्टा गाडी रोकेर घुम्ती कटान

चैत २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिद्धार्थ राजमार्गमा बढी दुर्घटनाको जोखिम हुने घुम्ती तथा मोडहरू काट्न शुरू गरिएको छ । २०२१ सालमा बनेको सिद्धार्थ राजमार्ग मापदण्ड अनुसार फराकिलो छैन । 

Muktinath Bank

बुटवल–पाल्पा सडक खण्ड सिद्धार्थ राजमार्गको दुर्घटना बढी हुने क्षेत्रमा पर्छ । शनिबारदेखि दैनिक ८ घण्टासम्म सडक बन्द गरेर मोड सुधार अभियान थालिएको सडक डिभिजन कार्यालय पाल्पाका मुकुन्द अधिकारीले जानकारी दिए । यो सडक धेरै घुमाउरो र साँघुरो भएका कारण आवागमनमा असहजता हुँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ दिन सडक बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बन्द हुन्छ । सडक बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । यात्रुुलाई समस्या नपर्ने गरी काम गरिएको सडक डिभिजन कार्यालले बताएको छ । 


Advertisment
Nabil box
Kumari

अधिकारीले लोकान्तरसँग भने, ‘हामीसँग १ करोड २० लाख रूपैयाँ बजेट छ । यो बजेटले विशेषगरी एकातिरबाट अर्कोतर्फ केही नदेखिने घुम्तीहरू काटनेछौं । त्यसका लागि हामीलाई झण्डै दुई हप्ताको समय लाग्छ,’ अधिकारीले थपे, ‘पाल्पाको जोरधारा, कालिमाटीदेखि डुम्रेसम्मका जोखिमपूर्ण क्षेत्रमा अत्यधिक दुर्घटना भएपछि मोड सुधार गर्न लागिएको हो ।’ जति मर्मत गरे पनि यो सडक खण्डमा दुर्घटनामा कमी आएको पाइँदैन ।

Vianet communication
Laxmi Bank

अत्यधिक दुघर्टना भएपछि राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गरिएको अधिकारीले बताए । 

सिद्धार्थ राजमार्ग नेपालको पोखरा उपत्यकालाई पाल्पा लगायत लुम्बिनीसँग जोडने प्रमुख राजमार्ग हो । त्यस्तै गुल्मी, बाग्लुङ अर्घाखाँची लगायत पहाडी जिल्लाका हजारौं गाडी यो सडक प्रयोग गर्छन् । यो सडकमा दैनिक २ हजार दुई सयदेखि २ हजार ५ सय सानाठूला सवारीसाधान आवतजावत गर्छन् । 

यो राजमार्ग कास्कीको पोखराबाट शुरू भएर रूपन्देहीकोको सिद्धार्थनगर (सुनौली) सम्म फैलिएको छ । यो राजमार्गको  लम्बाई १८१ किलोमिटर रहेको छ । सिद्धार्थ राजमार्ग रुपन्देहीको बुटवल महेन्द्र राजमार्गसँग जोडिएको छ । 

सिद्धबाबा क्षेत्रमा ‘प्यास रिपेयर’

पाल्पाको झुुम्सादेखि सिद्धबाबासम्मको सडक अत्यधिक बिग्रिएको छ । यो क्षेत्रको सडक मर्मत नभएको १० वर्ष भयो । तर यो सडक अहिले पनि मर्मतको सूचीमा राखिएको छैन । 

घुम्ती काटेपछि मात्र ‘मृत्युमार्ग’का रूपमा बदनाम सिद्धबाबा खण्डको सडक स्तरोन्नति गरिने भएको छ । जसका लागि ५ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

अधिकारीले भने, ‘रुपन्देहीसँग जोडिएको तल्लो सिद्धबाबादेखि दोभानसम्मको चार किलोमिटर सडकलाई ‘प्यास रिपेयर’ गर्दैछौं ।’ 

यो सडक खण्ड अत्यधिक बिग्रिएको छ । यो क्षेत्रमा वर्षायाम होस् वा हिउँद जतिसुकै बेला पनि पहिरो र ढुंगा खस्ने गर्छ । यो सडक खण्डमा हरेका वर्ष ५/६ जनाले ज्यान गुमाउने गरेका छन् । 

सिद्धबाबा सडक खण्डको विकल्प चाहन्छन् जनता

बुटवल–पाल्पा खण्डअन्तर्गत सिद्धबाबामा कैयनले ज्यान गुमाए । यो सडकको विकल्प जनताले खोजेका छन् । सिद्धबाबामा केही दिनअघि माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएका तम्घासका महेन्द्र श्रेष्ठ (बाबु काजी) परिवारको आँखा अझै ओभाएको छैन । 

कांग्रेस नेता हरि न्यौपानेले पनि पनि कारमा ढुङ्गा खसेकै कारण सिद्धबाबामा ज्यान गुमाए । सोही स्थानमा सडक दुर्घटनामा ज्यान गुमाएका निर्माण व्यवसायी रामप्रसाद पन्त र उपप्रध्यापक कृष्ण मरासिनीको परिवार अझै शोकमा छन् । यी प्रतिनिधि पात्र मात्रै भए । कैयन् परिवारले अभिभावक र आफन्त गुमाएका छन् । जसका कारण यस खण्डको विकल्प यात्रुहरूलाई चाहिएको छ ।

यो पाल्पाका लागि निर्विकल्प खण्ड हो, तर गुल्मीका केही भू–भागका लागि भने सालझण्डी–पटौती–खज्र्याङ–तम्घास–ढोरपाटन सडक विकल्पको रूपमा रहेको छ । 

जोखिम क्षेत्र छल्न रूपन्देहीको खैरेनीबाट गोठादी, झडेवाहुँदै पाल्पाको बाँसटारी जोड्ने सडक, र चरंगेबाट ज्यामिरे हुँदै झुम्सा जोड्ने सडकलाई पनि विकल्पका रूपमा हेरिएको छ । 

गुल्मीका सालझण्डी–पटौती–खर्ज्याङ–तम्घास–ढोरपाटन सडक तम्घासबाट ७४ किलोमिटरमा पूर्वपश्चिम राजमार्ग पुगिने भएकाले दूरी पनि २२ किलोमिटर कम हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

छोटो र ग्रेड मिलेको चौडा सडक भएकाले पनि व्यापारी र सर्वसाधरणको यात्राको लागि उत्तम विकल्प हुने उनको भनाइ छ ।

यो सडकमा नेताहरूको चासो भएको भए अहिले पिच गर्ने समय पुग्यो, तर केही ठाउँमा ट्र्याककै समस्या छ ।

बजेट अभावका कारण आयोजना कार्यान्वयन कार्यालयहरू खाल्डा पुरेर बसेका छन् । सालझण्डी–पटौती खण्डका लागि बजेट समेत छैन ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले गत वर्षसम्म पुरानो बजेटको काम भए पनि अहिले बजेट नभएकाले कार्यालयकै एक/दुई लाखको सामान्य बजेटमा खाल्डा पुर्ने काम भइरहेको बताए ।

उनले खाल्डा पुर्ने काम पनि स्थानीयको अवरोधका कारण रोकिएको बताए । अर्को खण्ड पटौती–खर्ज्यङमा पनि बजेट छैन । 

गतवर्ष पटौतीदेखि दुर्गाफाँटसम्म साढे दुई किलोमिटर काम गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद चौधरीले बताए । 

उनले त्योबाहेक अहिले कुनै बजेट नभएको बताए । 

सिद्धबाबामा सुरुङमार्गको बनाउँदै सरकार   

सरकार  सिद्धबाबा खण्डमा सुरुङ निर्माण गर्ने तयारीमा छ । 

सिद्धबाबाको मन्दिर क्षेत्रमा दुई किलोमिटर सुरुङ निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । 

केही समय अगाडि रूपन्देही आएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न टेन्डर प्रक्रिया केही महिनाभित्रै शुरू हुने बताएका छन् । 

स्विस सरकारको सहयोगमा सुरूङमार्ग बनाउने गरी अध्ययन गरिएको छ । सुरुङ निर्माण गर्न सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x