काठमाडाैँ महानगरका सबइन्जिनीयर ठकुल्लाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहलमार्फत खटिइएका सबइन्जिनीयर ठकुल्लाले भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा गराउने क्रममा २० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो।


Advertisement

उनले घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्