×

NMB BANK
NIC ASIA

म हटेपनि पूर्व माओवादीबाटै मुख्यमन्त्री बन्छ : महेन्द्रबहादुर शाही [अन्तर्वार्ता]

चैत ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा कर्णाली प्रदेश पहिलो भयो तर  जनताका अपेक्षा पूरा गर्नमा सरकार चुकिरहेको गुनासो गर्ने गरिन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद नै सरकारको विरोध गर्छन् ।

Muktinath Bank

कर्णाली प्रदेश सभामा ४० मध्ये ३३ सदस्य नेकपाका छन् । संसदमा शक्तिशाली अवस्थामा रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ सांसदको अपेक्षा र जनताको चाहनालाई किन सम्बोधन गर्न सकिरहेका छैनन् ? लोकान्तर डटकमका संवाददाता शेरबहादुर थापाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गरेको कुराकानीको सम्पादित अंश –


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक वृत्तमा सरकार फेरबदलको हल्ला छ, तपाईंको विकल्प खोज्न थालिएकोबारे जानकार हुनुहुन्छ ?


Advertisment
Nabil box
Kumari

– सरकार फेरबदल हुने, मन्त्री हेरफेर हुने भन्ने हल्ला कर्णालीका लागि नौलो होइन । सामाजिक सञ्जाल र विभिन्न मिडियाले उहिल्यै अविश्वासको प्रस्ताव आएको, सरकार ढल्दै भन्ने प्रचार पनि गरिरहेकै हुन् । सरकार फेरबदल हुने वा जारी रहने कुरा प्रदेश सभाले मात्रै चाहेर हुने कुरा होइन । विगतमा पार्टी एकता नहुँदा नेकपा एमालेका २० जना सदस्य निर्वाचित भएर आउनुभएको थियो । नेकपा माओवादीबाट हामी १३ जना आएको सबैलाई जानकारी नै छ तर पनि केन्द्रीय राजनीतिक निर्णयका आधारमा पूर्व माओवादीले सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम म मुख्यमन्त्री भएको हुँ, यो कुरा छर्लङ्गै छ ।

Vianet communication
Laxmi Bank

सरकार फेरबदल हुने वा पूर्व एमालेको तर्फबाट मुख्यमन्त्री हुने कुरामा मलाई विश्वास छैन । महेन्द्रबहादुर शाहीले सरकार चलाउन सकेन भनेपनि पूर्व माओवादीकै अर्को व्यक्ति कर्णालीमा मुख्यमन्त्री होला । अहिले प्रचार गरिएजस्तो कुनै अर्को व्यक्ति होलान् भन्ने छैन । सरकारको नेतृत्वको कुरा राजनीतिक सहमतिको कुरा हो । यदि सबै प्रदेश सरकार हेरफेर गर्ने निष्कर्षमा केन्द्र पुग्यो भने कर्णालीमा पनि हेरफेर हुन सक्छ तर अहिलेको अवस्थामा सरकार हेरफेर हुने कुरा सम्भव पनि छैन ।

जनताले प्रदेश सरकारबाट धेरै अपेक्षा गरेका थिए, तपाईं नेतृत्वको सरकारले काम देखाउन नसकेको त हो नि !

– तपाईको नजरमा के गरे सफल तथा के गरे असफल भइन्छ भन्ने कुरा हो । देशमा अहिले ७ वटा प्रदेश सरकार छन् । कुन सरकार सफल भएको छ ? ७ प्रदेशमा सबैभन्दा सफल भएको प्रदेश को हो ? यति किलोमिटर बाटो खन्यो भनेर कसले भनेको छ ? खाली पैसा सक्यो भन्ने मात्रै सफलता हो र ? पैसा त जसले जसरी पनि खर्च गर्न सक्छन् त ! तर परिणाम के आयो ? के दियो ? कति सडक बन्यो ? भवन, सिँचाइ कति भयो ? कति लगानी भयो ? सामाजिक क्षेत्रमा के परिवर्तन आयो ? त्यो हिसाब गर्नुपर्छ ।

कर्णालीका १७ लाख ७० हजार बढी जनताको दुर्घटना बीमा गर्न सफल भयौं नि ! किरीया खर्च जुटाउन नसक्ने कर्णालीका जनताले २ लाख पाउने कुरा सामान्य हो र ? छोरीहरूको स्थिति सुधार गर्न कार्यक्रम ल्यायौं । अहिले छोरीमाथि हुने हिंसा आर्थिक समस्याका कारण हो भन्दै त्यसलाई न्यून गर्न सकिन्छ कि भनेर लाग्यौं । छोरीले आर्थिक रुपमा कमजोर बनेको महसूस नगरुन् भनेर छोरीको खाता खोलेका छौं । सक्षम, आँटिलो, साहसिक छोरी बनाउन भनेर यो काम गरियो । अरु कुन सरकारले गरेको छ ? २५० भन्दा बढी छोरीबुहारीलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षामा लगानी गरिदिएका छौं । के यी सामान्य काम हुन् त ?

सरकारले ठीकै काम गरिरहेको भए सत्तारुढ सांसद नै किन विरोधमा छन् त ?

– मैले भनिहालें नि ! जनताका अपेक्षा एकैपटक पूरा गर्न सकिँदैन । ती अपेक्षा पूरा गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मात्रै पनि गर्न सक्दैन । त्यसका लागि सबैको उत्तिकै भूमिका आवश्यक छ । जस्तो, कर्णाली बनाउने इच्छा हो भने प्रदेशमा बजेट बढी ल्याउन सदनमा खै बोलेको ? बोल्नुपर्‍यो नि ! राष्ट्रिय गौरवका आयोजना कर्णालीमा ल्याउनुपर्छ भनेर बोलेको खै ? बोल्नुपर्‍यो नि ! ल्याउनुपर्‍यो नि, योजना हाल्नु पर्‍यो नि ! अब त्यतापट्टि नजाने खाली सरकारले यो गरेन, उसो गरेन भनेर मात्र भन्नु भनेको पूर्वाग्रही मानसिकता हो जस्तो मलाई लाग्छ ।

हामीले काम गरेका छौं । धेरै सडकको टेन्डर आह्वान भइसकेको छ । विकास निर्माणले तीव्रता पाएका छन् । यहाँहरूले देख्नुभएकै त छ नि ! अभावै–अभावका बीचमा सरकारले संरचना निर्माण गरेको छ । गाउँ–गाउँमा खानेपानी, बिजुली बत्ती पुर्‍याउने प्रयास गरेको छ । विकास भन्ने कुरा एकै वर्षमा, २ वर्षमा देखिँदैन । हामी विकाससँगै संघीय संरचनालाई शासन प्रणालीलाई मजबुत बनाउँदै हिँडिरहेका छौं ।

नेकपाकै सांसदले विरोध त गरिरहेका छन् नि ! किन ?

– हामी अहिले अत्यन्तै उदारवादी अवस्थामा छौं, कसैलाई कुनै कुरा बोल्न रोक लगाएको अवस्था छैन तर तपाईले भनेजस्तै प्रदेशसभा सदस्यले खाली यो भएन, त्यो भएन भनेर अहिले बढी नै बाहिर बोल्ने काम भएको साँचो हो ।

यसले उहाँहरूको स्तरको बारेमा प्रश्न चिह्न पनि उठेको छ । आत्मालोचना पनि उहाँहरूले गर्नुभएको छ । यो संसदीय प्रक्रिया नबुझेको हो कि पद्धती नजानेको हो कि, अलिकति कर्णालीमा फरक भयो भन्ने बुझाइ बाहिर पर्न गएको छ । किन त्यस्तो गरेका हुन् ? त्यो त आफ्नो दलभित्र गरेपनि हुने ? दलमा राखेर व्यापक छलफल, सिधै दलको नेतालाई सरकारको नेतृत्वलाई सिधै भन्न सकिने कुरा हो, यसरी जाने पद्धति नै होइन ।

आफ्नै पार्टीबाट, आफ्नै साथीहरूबाट आलोचना हुँदै कतै युद्धमा सफल भएको कमान्डर सरकार सञ्चालनमा असफल भइरहेको हो कि जस्तो लाग्दैन ?

– अहँ लाग्दैन । सफलता केमा भन्ने ? पार्टीको एउटा विशेषता के छ भने सानो आफ्नो गुट बनाउन सकेको खण्डमा त्यसमा सफलता देख्ने चलन छ । सक्षमता भनेको गुट बनाउने भन्ने छ, त्यो होइन । त्यो एकदम गलत छ । सरकारको नेतृत्व मैले गर्नुको नाताले मैले जनताले अपेक्षा अनुसारको काम गर्न नसके हुँला । भोलि ती कारणहरू हामी जनतामा स्पष्ट पारौंला । जनतालाई भनौंला ।

नीति तथा कार्यक्रम, बजेट सबै हेर्ने हो भने सबै खत्तमै–खत्तम भन्ने छैन । कहीँ एकाध गल्ती वा त्रुटि हुन सक्छन् । त्यसलाई सच्याउनुपर्छ भन्यौं । पाठ सिक्दै जान्छौं भन्यौं । त्यो सिकाइ हो । नदोहोर्‍याएर अघि बढिरहेका छौं । 
केही साथीहरूको मप्रति धेरै आशा र अपेक्षा छन् । ती आशा र अपेक्षा पूरा गर्न नसकेको खण्डमा कि आँसु झार्छन् कि विरोध गर्छन् । त्यस्ता व्यक्तिलाई मैले गाली गर्ने, पूर्वाग्रह राख्ने पेल्नेभन्दा नजिक बोलाउँछु, के पीडा हो बुझेर, छलफल गरेर, परिस्थितिको बोध गरेर होला वा अन्य कुनै कारणले चित्त बुझाएर जाने मेरो बानी छ । बाबुप्रति छोराको अपेक्षा हुन्छ नि ! बाबुले छोराको सबै अपेक्षा पूरा गर्न नसके कि छोरा बाबुसामु रोला वा अरु केही गर्ला । धेरै विकेन्द्रीत हुने, कसैलाई भित्तामा पुर्‍याउने, कसैलाई काखा र पाखामा राखेर काम गर्न म चाहँदैन । सबैलाई समेटेर लैजान्छु ।

प्रदेश सरकारका २ वर्षका कामलाई तपाईं आफैं कसरी हेर्नुहुन्छ ?

– हामीले आधार तयार गरेका छौं । सबैभन्दा पहिले संरचना तयार गरेका छौं । आवश्यक कर्मचारीको व्यवस्थापन गरेका छौं । कर्मचारीको दरबन्दी कायम गरेका छौं । धेरै योजनाहरू कर्णाली बदल्ने मेघा योजनाहरू सुर्खेत हिल्सा फास्ट ट्रयाक, विमानस्थल, रिङरोड, चौविसै निर्वाचन क्षेत्रमा आवश्यक पुलको डीपीआर, खानेपानी, सिँचाइ, अन्य भवनको डीपीआर बनाइसकेका छौं । टेन्डर भइसकेका छन् । कोही ८ महिना, २४ महिना, कोही २ वर्षमा पूरा हुनेछन् ।

कानून निर्माण गरेका छौं । यो पनि आधार नै हो । ५ वर्षपछि मात्रै काम देखिन्छ । सुन्तलाको बोट हुर्किन पनि ५ वर्ष लाग्ला नि ! त्यो प्रक्रिया हुन्छ नि त ! सरकारको आयू कम छ, छिटो सुन्तला फल्नुपर्छ भनेर त सुन्तला फल्दैन नि त !

जनताले २ वर्षसम्म पनि खासै भौतिक विकास देख्न पाएनन्, विकास गर्न केले रोकेको छ ?

– कर्णालीको विकास गर्न सबैभन्दा पहिलो कुरा भूगोलले रोकेको छ । हाम्रो भूगोल जटिल छ । हिउँ पर्ने भएका कारण बाहै्र महिना काम गराउने वातावरण छैन । सार्वजनिक खरिद नियमावली पनि पुरानै ढर्राको छ । अहिले जमाना ई–विडिङमा गइसकेपनि पुरानै पत्र पठाउने जस्तै २ महिनामा ठेक्का सदर गर्नै लाग्छ, यसलाई सुधार गर्न आवश्यक छ । निर्माण व्यवसायीको सम्पत्ति, साधन कति छन् ? त्यो हेर्ने अनि त्यसको आधारमा काम गर्न दिनुपर्छ । त्यो पनि एक कम्पनीलाई एक काम मात्रै गर्न दिने व्यवस्था गर्नुपर्छ । एक जनाले १०० भन्दा बढी योजना होल्ड गरेको पाइएको छ । हरेक योजनाबाट पेस्की लिने र काम नगर्ने प्रवृत्ति मौलाएको छ । म्याद थप मात्रै गराउने गरेका छन्, ८ वर्ष, १० वर्ष । यस्तो अवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x