×

NMB BANK
NIC ASIA

कोरोनाको डरले अन्तर्राष्ट्रिय उडानमा भारी कटौती, फुर्सदमा त्रिभुवन विमानस्थल

चैत ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

पछिल्ला दिनमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । उनका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा आज २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ । उनले भने, “दुई दिनयता अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । अझै केही दिन यही प्रक्रिया जारी रहने अवस्था छ ।” 


Advertisment
Nabil box
Kumari

विमानस्थलका अनुसार एयर इण्डियाले पहिला दैनिक चार उडान भर्दै आएकामा अहिले एउटा मात्रै उडान भर्दै आएको छ । कतार एयरवेजले दैनिक चार उडान भर्दै आएकोमा अहिले दुई वटा मात्र उडान गरिरहेको छ । ड्रागन एयरले काठमाडौँ उडान स्थगन गरिसकेको छ । साताको चार उडान भर्दै आएको कोरियन एयरले एउटा मात्र उडान भर्दै आएको छ ।

Vianet communication
Laxmi Bank

विमानस्थलबाट अहिले तीन नेपालीसहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हालको अवस्थामा नेपाल आउने मात्र नभई नेपालबाट अन्य गन्तव्यमा उडान भर्ने वायुसेवा प्रदायकले पनि धमाधम उडान कटौती गरिरहेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यको उडान स्थगन गरेको छ भने नेपालबाट चीनमा उडान गर्दै आएको निजी लगानीको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान भर्दै आएकामा अहिले सबै बन्द गरेको छ । 

त्यस्तै हिमालयले दुबई र साउदी अरब गन्तव्यको पनि हाललाई अर्को सूचना जारी नभएसम्म उडान स्थगन गर्ने निर्णय गरेको छ । उता चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायुसेवा प्रदायकले पनि काठमाडौँ विमानस्थलको उडानमा भारी कटौती गरेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । चीनबाट नेपाल उडान भर्ने एयर चाइनाले सातामा १४ उडान भर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । 

चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना इस्टर्नको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान भर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको छ ।

पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले करिब पाँच हजार मात्रै यात्रु आगमन भइरहेको विमानस्थलले जनाएको छ ।

चीनमा कोरोनाको सङ्क्रमण नियन्त्रणमा आइसकेकाले अब छिट्टै चीनबाट काठमाडौं उडान सङ्ख्या बढ्ने विमानस्थलले जनाएको छ । चीनबाट उडान गर्ने वायु सेवा प्रदायकले अहिले पनि यात्रु पाएको खण्डमा उडान गर्न तयार रहेकाले आगामी दिनमा चीनबाट नेपालमा हुने उडान बढ्ने महाप्रबन्धक केसीको विश्वास छ । 

विमानस्थलमा अहिले यात्रुको चहलपहल निकै घटेको छ । प्रस्थान तथा आगमनमा विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छ । आन्तरिक उडानमा पनि यात्रु घटेपछि उडान सङ्ख्या कटौती भएका छन् । वायुसेवा प्रदायकले सस्तो मूल्यमा टिकट बिक्री वितरण गरी व्यवसाय सञ्चालनलाई निरन्तरता दिएका छन् ।

अहिले मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन् । हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब रु चार अर्ब घाटा हुने वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्र्दै आएका छन् । सिबी अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x