×

NMB BANK
NIC ASIA

अब ३ हप्तासम्म स्कूलले प्रवेश परीक्षा लिन नपाउने, रिजल्ट लिन समेत विद्यार्थी नबोलाउन अपिल

चैत ४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि पर्सिबाट ३ हप्तासम्म विद्यार्थी भर्ना, प्रवेश परीक्षा, आम भेलालगायतका कुनैपनि गतिविधि नगर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

यद्यपि एसईई परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने मन्त्री पोखरेलले मंगलवार जारी गरेको अपिलमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पोखरेलले अपिलमार्फत भोलि (चैत ५ गते) कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि ३ हप्तासम्म अध्ययन/अध्यापन, सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न अपिल गरेका छन् ।


Advertisment
Nabil box
Kumari

चैत ६ गतेदेखि ३ हप्तासम्म कक्षा ९ सम्मका विद्यार्थीलाई पूर्ण छुट्टि दिन निर्देशन दिइएको मन्त्री पोखरेलले लोकान्तरलाई बताए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार यो ३ हप्ता सबै निजी तथा सरकारी स्कूलले अध्ययन/अध्यापन गराउन पाउने छैनन् र विद्यार्थीहरूलाई पूर्णरूपमा छुट्टि दिनुपर्नेछ ।

अभिभावक भेला, प्रवेश परीक्षा आदिका नाममा पनि विद्यार्थीलाई बोलाउन पाइने छैन ।

यसबीचमा विद्यालय जाने उमेरका करीब ७० लाख विद्यार्थी घरभित्रै रहने मन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् ।

'एसईई परीक्षा सञ्चालन हुन्छ, अरू सबै स्कूल बन्द गर्ने भनेको हो,' अपिलबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले लोकान्तरसँग भने, 'कक्षा ९ सम्मको परीक्षा भोलिसम्ममा सम्पन्न गर्न भनिसकिएको थियो, यसबीचमा अभिभावक भेला, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा लगायतका नाममा भीडभाड हुने कुनै गतिविधि नहोस् भनिएको हो ।'

'विशिष्ट परिस्थितिमा शैक्षिक संस्था बन्द गर्ने हो, बुझ्नुस् ३ हप्ताका लागि स्कूल बन्द भनिएको हो,' मन्त्री पोखरेलले थपे ।

स्कूल बन्द किन लेखिएन ?

एसईई परीक्षा सञ्चालन हुने भएकाले विद्यालय बन्द भन्ने भाषा अपिलमा प्रयोग नगरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले लोकान्तरसँग जनाए ।

'एसईई सञ्चालन हुने भएकाले विद्यालय बन्द नभनिएको हो, त्योबाहेक प्रवेश परीक्षा, अभिभावक दिवस, नतिजा प्रकाशन तथा घोषणा कार्यक्रम, तयारी परीक्षा सञ्चालन, वनभोज, पुरस्कार वितरण कार्यक्रम लगायत कुनैपनि शैक्षिक कार्यक्रम गर्न पाइने छैन,' प्रवक्ता शर्माले लोकान्तरसँग भने ।

हेर्नुहोस्, मन्त्रीको अपिल :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x