
सर्वाेच्च अदालतले कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता अपनाउन शुरू गरेको छ ।
अदालतका न्यायाधीश, कर्मचारी, सुरक्षाकर्मी, वकिल र सेवाग्राहीलाई लक्षित गरी ज्वरो नाप्ने व्यवस्था शुरू गरिएको हो ।
सर्वाेच्च प्रवेश गर्नुअघि ज्वरो नापेर मात्रै भित्र प्रवेश गर्न दिइने र १०० डिग्रीभन्दा बढी ज्वरो आएका सेवाग्राहीलाई विशेष व्यवस्था मिलाइएको अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताए ।
नेपाल बार एशोसिएशनले कोरोनाको संक्रमणबाट बच्न अत्यावश्यक बाहेकका सेवा कम्तिमा १ महिनासम्म बन्द गर्नेसम्मका निर्णय लिन अपिल गरेको छ ।